काठमाडौँ,१३ माघ । काङग्रेस सर्मथक महिलासंघ र नेविसंघले सयुक्त रुपमा आयोेजना गरेको बिरोध प्रर्दशनमा प्रहरी र प्रर्दशनकारीबिच बानेश्वर चोकमा झडप भएको छ ।
चिकित्सा शिक्षा विधेयक संसदबाट पास गरेको विरोधमा प्रर्दकारीहरु माईतीघरबाट बानेश्वर जानेक्रममा प्रहरीसंग घम्साघम्सीको स्थिती सिर्जना भएको थियो । आन्दोलनकारीहरुले निशेधित क्षेत्र तोड्न खोज्दा केहिबेर बानेश्वरक्षेत्र तनावग्रस्त बनेको थियो । झडपमा परि एक जना प्रहरी र दुईजना आन्दोलनकारी घाईते भएको जानकारी प्राप्त भएको छ ।
चिकित्सा विधेयक संसदबाट जबरजस्ती पास गरेको भन्दै प्रतिपक्ष दल नेपाली कांग्रेस सरकारसँग क्रूद्ध बनेको छ । माउ पार्टीले आन्दोलनको चेतावनी दिइरहेका बेला नेविसंघले आइतबारबाट सरकारलक्षित विरोध कार्यक्रम गरेको हो ।
फोटोःमुकुन्द कालिकोटे