Logo

महरले पेलेर लैजान खोजे समानान्तर समिति बनाउने पाण्डेको चेतावनी



काठमाडौं, १३ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका नेता शिव पाण्डेले नेविसंघको वर्तमान कमिटीलाई नै टिके कमिटीको संज्ञा दिएका छन् ।

आइतबार रिपोर्टर्स नेपाल डटकमसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘यो कमिटिको मिति तिन महिना थप भइसकेपछि नेपाली कांग्रेस केन्द्रिय समितिले दुई महिनामा चुनाव गरिसक्नु भनि टिका लगाइदिएकै हो त्यसैले यो कमिटि टिके नै हो ।’

उनले अब दुई महिनामा चुनाव नहुने निश्चित भैसकेको पनि दाबी गरे । उनले थपे,‘त्यसैले अर्को कमिटि ल्याइयो भने नयाँ साथीले अवसर पाउँछन हैन भने यहि कमिटिमा जसले राजिनामा दिनुभयो उहाँहरुको ठाँउमा नयाँ साथीहरुलाई समेटेर ६ महिनाको समय थप गरी ने.वि.संघको चुनावको विकल्प अरु केहि छैनजस्तो लाग्छ ।’

यदि सभापति महरले पेलेर लैजान खोजे आफूहरुले समानान्तर समिति बनाएर अघि बढ्नेपनि उनले चेतावनी दिए ।



प्रतिक्रिया दिनुहोस्