Logo

पुलिस क्लबभित्रै पत्रकार कटुवालमाथि प्रहरीले बुट बर्सायो



काठमाडौं, १३ माघ । हिमशिखर टेलिभिजनका भिडियो-पत्रकार विनोद कटुवालमाथि प्रहरीले दुर्व्यवहार गरेको छ । आईतबार साँझ नेविसंघले सरकारविरुद्ध निकालेको लालटिन जुलुशको समाचार संकलन गरिरहेका पत्रकार कटुवालमाथि भुकृटीमण्डपस्थित पुलिस क्लबभित्रै प्रहरीले बुटले हानेको हो ।

कटुवालले रिपोर्टर्स नेपाल डटकमसँगको कुराकानीमा भने,‘म समाचार संकलनको लागि भिडियो खिचिरहेको थियो । त्यतिनै बेला म माथि प्रहरीले दुव्र्यवहार गर्यो । सूरुमा मलाई भिडियो खिच्नको लागि नै अनुमति चाहिन्छ भन्दै हप्की र दप्की गरे । म भिडियो खिचिरहकै अवस्था एक्कासी दई/तीन जना प्रहरीले मेरो तिघ्रा र हातमा बुट बर्साए ।’

संघले काठमाडौको प्रर्दशनीमार्गस्थीत ल क्याम्पसबाट निकालेको लालटिन जुलसमा प्रहरीद्धारा हस्तक्षेप गर्दा सञ्चारकर्मीमाथि पनि कुटपिट भएको हो । कुटपिटबाट उज्जल ढंगोल, बिजय गजमेर, कविन अधिकारी र अमुल थापा लगायतका सञ्चारकर्मी घाइते भएका छन् । त्यस्तै प्रदर्शन गर्ने बिद्यार्थीहरुलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।



प्रतिक्रिया दिनुहोस्