Logo

दक्षिणकाली बोसन महोत्सवको तयारी पुरा



काठमाडौं१४ माघ । दक्षिणकालीको बोसन फूटवल चौरमा यहि माघ १९ गतेबाट एक दिने ‘दक्षिणकाली बोसन महोत्सव २०७५’ आयोजना हुने भएको छ । आयोजकले आज पर्यटन बोर्डमा एक कार्यक्रमको आयोजना गर्दै दक्षिणकाली नगरपालीकाले महोत्सवको बिभिन्न पक्षबारे जानकारी गराईएको हो ।

दक्षिणकाली नगरपालिका नगर पर्यटन विकास समितिले आयोजक गरेको महोत्सव प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । ‘पर्यटकीय दक्षिणकाली नगर, कृषि उद्यमी साँस्कृतिक शहर’ नाराका साथ दक्षिणकाली क्षेत्रको प्राकृतिक सुन्दरता र ऐतिहासिक कला संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको महोत्सवमा सहभागीलाई अष्टपी गणेश, चापादेवी गाँउ, बोसन गुम्बा, ह्वाइट हाउस तथा होमस्टे अवलोकन भ्रमण गराइनेछ ।

महोत्सवमा राष्ट्रिय तथा स्थानिय कलाकारबाट संस्कृतिक कार्यक्रम प्रस्तुतिका साथै साहसीक खेल तथा स्थानिय नगरवासीबाट उत्पादित सामाग्रीको खानाको परिकार समेत प्रदर्शन हुनेछ । विविध पर्यटकीय महत्वका साथै यो क्षेत्रलाई साहसिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकिने भएकोले यसैको प्रवद्र्धनको निम्ति महोत्सव आयोजना गर्न लागिएको दक्षिणकाली नगरपालिका प्रमुख मोहन वस्नेतले जानकारी गराए।

दक्षिणकाली नगरपालिका वडा नं। १ बोसनबाट ऐतिहासिक चम्पादेवी गाउँ, गणेश हिमालका रमणिय दृश्यहरु, स्वयम्भु, उपत्यकाका रमणिय दृश्यहरु, चन्द्रागिरी, टौदहलगायतका प्राकृतिक तथा साँस्कृतिक धरोहरको अवलोकन गर्न सकिने दक्षिणकाली नगरपालिका उपप्रमुख वसन्ती तामाङले जानकारी दिइन् ।

कुला ३४ लाख लागत लाग्ने अनुमान गरिएको महोत्सवको आफूहरु पूर्ण तयारीमा जुटेको र महोत्सव भव्य रुपमा आयोजना हुने वडा १ का वडा अध्यक्ष जय थापा मगरले बताए । उपत्यकाबाट यति नजिक रहँदा पनि प्रचारप्रसारको अभाव रहनुमा दुःख व्यक्त गर्दै दक्षिणकाली बोसन महोत्सव उपसिमितिका संयोजक तथा दक्षिणकाली नगरपालिका वडा १ का वडा अध्यक्ष मगरले यो महोत्सवले पक्कै पनि यस क्षेत्रको उद्योग तथा पर्यटनको विकासमा टेपा पुग्ने बताए ।

दक्षिणकाली नगरपालिकाको आयोजनामा नगरपर्यटन विकास बोर्ड र दक्षिणकाली वडा १ को सह–संयोजनमा उक्त महोत्सव आयोजना गर्ने तयारी भएको छ । नगरपालीकाले महोत्सव अवलोकन स्थलसम्म पुग्नका लागि उक्त दिन बल्खुबाट ४ वटा निःशुल्क बसको समेत व्यवस्था गरेको बताइएको छ ।फोटोःमुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्