Logo

पहिलो म्याच भारत र पाकिस्तानबीच खेलाउँछौं : मेयर दाहाल



काठमाडौं, १६ माघ । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले चितवनमा बन्ने अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पहिलो म्याच नै भारत र पाकिस्तानबीच खेलाउने योजना प्रस्तुत गरेकी छन् । रंगशाला घोषणा कार्यक्रममा बोल्दै उनले यस्तो योजना सुनाएकी हुन् ।

दाहालले भनिन्, ‘भारत र पाकिस्तानबीच राम्रो सम्वन्ध छैन । त्यसैले उनीहरु एक(अर्को देशमा गएर क्रिकेट खेल्दैनन् । कहिले यूएई कहिले दुबईमा गएर खेल्नुपर्ने अवस्था छ । त्यसका लागि लामो दूरी पार गर्नुपर्छ । यदि छिमेकी देश नेपालमा हामीले अन्तर्रा्ष्ट्रिय रंगशाला निर्माण गरेको खन्डमा हामी दुई ढुंगाबीचको तरुल बन्न सक्छौं ।’



प्रतिक्रिया दिनुहोस्