Logo

विकासका लागि डोजर चलाउनुपर्छः मुख्यमन्त्री शाही



काठमाडौँ,१६ माघ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशको विकासका लागि डोजर चलाउन पनि पछि नहट्ने बताउनुभएको छ ।

राष्ट्रिय योजना आयोगले आज वीरेन्द्रनगरमा आयोजना गरेको पन्ध्रौँ योजना आधारपत्रको प्रारम्भिक मस्यौदा कर्णाली प्रदेश परामर्श बैठकलाई सम्बोधन गर्दै उहाँले श्रमप्रति सबैले सम्मान गर्नुपर्ने बताउनुभयो । “मुख्यमन्त्रीले पनि डोजर चलाउनुपर्छ”, उहाँले भन्नुभयो, “त्यो क्षमता नभए बेल्चा, कुटो कोदालो समाउन पनि पछि हट्नु हुँदैन ।” मुख्यमन्त्री शाहीले कर्णालीका सबै जनप्रतिनिधिलाई हप्ताको एक दिन श्रममा लाग्न आग्रह गर्नुभयो ।

उहाँले स्थानीय तहले साना, प्रदेशले मझौला र सङ्घीय सरकारले ठूला योजना निर्माण गर्ने बताउनुभयो । स्थानीय उत्पादनलाई प्रोत्साहन गरिनुपर्नेमा जोड दिँदै किसानले उत्पादन गरेका उत्पादनलाई प्रदेश सरकारले बजारीकरणमा सहजीकरण गर्ने जानकारी गराउनुभयो । मुख्यमन्त्री शाहीले राष्ट्रिय योजना आयोगसँग कर्णालीका लागि अर्बौं बजेट ऊनी र सुतीका लागि विनियोजन गर्न माग गर्नुभयो । रासस



प्रतिक्रिया दिनुहोस्