Logo

प्रचण्ड एकै दिन विभिन्न आठ कार्यक्रममा सहभागी



काठमाडाैं, १७ माघ । भाईरल ज्वरोबाट प्रभावित भई एक सातादेखि आराममा रहनु भएका पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ काे हिजाेबाट सार्वजनिक कार्यक्रमहरूमा सक्रिय हुन थाल्नुभएकाे छ । अध्यक्ष आज (बिहिबार) बिहान चितवनमा हुन लागेको विभिन्न सात र एक स्याङ्जा जिल्लाकाे एक गरी आठ कार्यक्रममा सहभागी हुनुहुने भएकाे छ ।

अध्यक्ष प्रचण्डले विहीवार विहान ८:३० बजे पटिहानीमा पत्रकार महिलाको राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुभएकाे छ । त्यसैगरी विहान १०:३० बजे खैरहनी नगरपालिका वडा नम्वर १ मा कंकाली माध्यमिक विद्यालयको स्वर्ण महोत्सवमा प्रमुख अतिथिको रुपमा अध्यक्ष प्रचण्ड सहभागी हुनुभएकाे छ भने दिउँसो १:३० बजे शहरी विकास मन्त्रालयबाट सञ्चालित केन्द्रीय बस टर्मिनल परिसर निर्माण सुधार योजनाको प्रचण्डले शिलान्यास गर्नु हुनेछ ।

त्यस्तै पूर्वप्रधानमन्त्री प्रचण्डले शहरी विकास मन्त्रालयबाट सञ्चालित विभिन्न ५ वटा आयोजनाहरुको शिलान्यास गर्नुहुने सचिवालयले जनाएको छ । जसमा भरतपपुर अस्पतालको कुरुवाघर, देवघाटधाममा विद्युतिय शवदाह गृह निर्माण, भरतपुर महानगरपालिक–१९, रानीपोखरीमा पार्क र पूर्वाधार निर्माणको शिलान्यास रहेका छन् ।

त्यसैगरी भरतपुर महानगरपालिका वडा नम्वर–६, मा लक्ष्मीनारायण तथा ओमकार्यश्वर मन्दिर पूर्वाधार निर्माणको बिहिबार प्रचण्डले शिलान्यास गर्नु हुने उहाँको सचिवालयले जनाएको छ । चितवन निर्वाचन क्षेत्र नम्बर-३ का प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका प्रचण्डले यहाँको विकास निर्माण र कार्यक्रमहरुलाई प्राथमिकता दिने गर्नुभएको छ ।

अध्यक्ष आज दिउँसाे २ बजे स्याङ्जाकाे वालिङमा वालिङ महाेत्सव उद्घाटन गर्नुहुने भएकाे छ । सबै कार्यक्रम सम्पन्न गरी अध्यक्ष साँझ काठमाडाैं फर्कनुहुनेछ ।



प्रतिक्रिया दिनुहोस्