Logo

माधव नेपाल हिजै राति लाओस प्रस्थान, यस्तो छ उद्देश्य



काठमाडौँ, १७ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल लाओस गएका छन्। लाओस पिपुल्स रिभोलुसनरी पार्टी तथा जनवादी गणतन्त्र लाओसको निमन्त्रणामा सात सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल बुधबार राति लाओस गएका उनका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।

प्रतिनिधिमण्डलमा नेकपाका स्थायी कमिटी सदस्य लिलामणि पोखरेल, छविलाल विश्वकर्मा तथा नेकपाकै केन्द्रीय सदस्य जयन्ती राई, बीना श्रेष्ठ, विष्णु रिजाल र अलि अख्तर छन्।

नेकपा र रिभोलुसनरी पार्टी तथा नेपाल र लाओस दुई देशबीच सम्बन्ध सुधार गर्ने विषयमा उनीहरुबीच छलफल हुने स्वकीय सचिव गौतमले बताए। उनीहरु यही माघ २२ गते स्वदेश फर्कने कार्यक्रम छ ।



प्रतिक्रिया दिनुहोस्