Logo

बलिउड तताउने दाँउमा न्यासा



काठमाडौँ,१८ माघ । शाहरुख खानकी छोरी सुहाना खानपछि अब अजय देवगनकी छोरी न्यासा देवगन पनि फिल्ममा प्रवेश गर्ने चर्चा सुरु भएको छ । हालै टोटल धमाल फिल्मको ट्रेलर रिलिजका क्रममा अजयले आफ्नी छोरी विदेशमा पढाईमा व्यस्त रहेको जनाउँदै उनको ध्यान पूरै पढाईमा रहेको बताए । हाल बलिउड प्रवेश गर्ने कुनै उद्देश्य नरहेको जनाउँदै उनले छोरीको मन भविष्यमा बदलिन सक्ने बताए ।

शाहरुख खानकी छोरी सुहानालाई लिएर फिल्म बनाउने तयारी चलिरहेको छ । करण जौहर र सन्जय लीला भन्सालीमध्ये एकले सुहानालाई लिएर फिल्म बनाउने जनाइएको छ ।

बलिउड अभिनेता, अभिनेतृका छोराछोरीहरु बलिउडमा प्रवेश गर्ने लहर नै चलेको छ । पछिल्ला दिनमा सैफ अली खान र अमृता सिंहकी छोरी सारा अलि खान र बोनी कपुरकी छोरी जान्हवी कपुर पनि फिल्ममा प्रवेश गरिसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्