Logo

पञ्चकन्या मन्दिरमा ज्ञानमहायज्ञ सम्पन्न, पत्रकार धमला सम्मानित(भिडियोसहित)



काठमाडौं, १९ माघ । काठमाडौंको स्युचाटारस्थित पञ्चकन्या मन्दिरमा सप्ताहव्यापी ज्ञानमहायज्ञ सम्पन्न भएको छ । पञ्चकन्या मन्दिर संरक्षण विकास समितिको आयोजनामा सप्ताह आयोजना भएको हो । समापन कार्यक्रममा रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टाईम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलालाई सम्मान गरिएको थियो ।

पत्रकार धमलाले यस्ता कार्यक्रमले समाजमा धार्मिक सहिष्णुता वृद्धि हुनुका साथै समाजमा सहयोगी भावना बढ्ने प्रतिक्रिया दिएका थिए । उनले आफूले पनि यस्ता कार्यक्रमलाई सदैव सहयोग गर्ने विश्वास दिलाएका थिए ।

उनले भने,‘मिडियाको तर्फबाट म सहयोग गर्छु । दान गर्नु राम्रो काम हो । पुण्य काम हो । समाज परिवर्तन गर्न यस्तो धार्मिक कार्यक्रम आवश्यक छ । नेपाल आँफैमा धार्मिक, साँस्कृतिक र मठ–मन्दिरले धनी देश हो ।’

धमलाले उक्त मन्दिरको पूर्ननिर्माण गर्नेबारे अक्षय कोषमा आफूले पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । सप्ताहको प्रमुख कथा वाचक बाल तपस्वी पण्डित उत्तम भट्ट महाराज छन् ।

सप्ताहको मुल उद्येश्य कलंकी स्युचाटारमा रहेको पञ्चकन्या मन्दिरको लागि अक्षय कोष निर्माण गर्ने रहेको छ । महायज्ञमा करिब ५० लाख रुपैयाँ संकलन भएको जानकारी दिइएको छ ।



प्रतिक्रिया दिनुहोस्