Logo

मुख्य कमाण्डरसहित सात लडाकू मारिएको अफगानि सेनाद्धारा दाबी



अफगानिस्तान, २० माघ । अफगानिस्तानको हेलमान्ड प्रान्तमा तालिबान लडाकूका कमाण्डरसहित सात जना मारिएका छन् ।अफगान सेनाले आइतबार जारी गरेको वक्तव्यमा अरु पाँच लडाकू घाइते भएका जनाइएको छ । वक्तव्यका अनुसार सरकारी सेनाले शनिबार चलाएको सुरक्षा कारबाहीमा परी उनीहरु मारिएका हुन् ।

सेनाले तालिबान लडाकू कमाण्डर क्वारी जानान पनि सोही कारबाहीका क्रममा मारिएको समाचारमा जनाइएको छ ।लडाकूहरुले आफ्ना आखडामा राखेका अन्य बन्दोबस्तीका सामग्रीहरु पनि सो कारबाहीका क्रममा नष्ट गरिएको बताइएको छ ।

सेनाले सुरक्षाकर्मीतर्फको क्षतिको बारेमा भने कुनै जानकारी दिएको छैन । घटनाका बारेमा तालिबान लडाकूको तर्फबाट पनि कुनै प्रतिक्रिया आएको छैन । एजेन्सी



प्रतिक्रिया दिनुहोस्

Screenshot