Logo

‘नयाँ पुस्तालाई पठन संस्कृति हस्तान्तरण गर्नुपर्छ’



दाङ,२१ माघ । प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले नयाँ पुस्तालाई पठन संस्कृति हस्तान्तरण गर्नुपर्ने बताउनुभएको छ । दाङ गढवाको देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको आइतबार चौथो साधारणसभामा मन्त्री बरालले पछिल्लो समय नयाँ पुस्ताले पठन संस्कृति बिर्सिदै गएकाले उनीहरुलाई पुरानो पुस्ताले पठन संस्कृति हस्तान्तरण गर्नुपर्नेमा जोड दिनुुभयो ।

“पछिल्लो समय प्रविधिको प्रयोगका कारण नयाँ पुस्ताले पढ्न छाडे”, उहाँले भन्नुभयो । पछिल्लो समय प्राविधिक शिक्षा पढ्नेको लहर बढिरहेकाले देउखुरी क्षेत्रमा प्राविधिक शिक्षालय सञ्चालनका लागि प्रदेश सरकारको तर्फबाट पहल थाल्ने मन्त्री बरालले बताउनुभयो ।

नागरिकता वितरण

राजपुरमा आइतबार घुम्ती शिविरमा ६६ जनालाई नागरिकता वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालय र राजपुर गाउँपालिकाको संयुक्त आयोजनामा वडा नं ६ को गङ्गदीमा नागरिकता वितरण गरिएको हो । वडा नं ४ देखि ७ सम्मका सेवाग्राहीले सेवा लिएका थिए । जिल्ला प्रशासन कार्यालयको पहुँचभन्दा टाढा रहेका नागरिकलाई स्थानीयस्तरमै सेवा प्रदान गर्र्न शिविर सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताउनुभयो । आज राजपुर गाउँपालिका– ३ प्रतापपुरमा शिविर सञ्चालन गरिनेछ । वडा नं १, २ र ३ का लागि सो शिविर सञ्चालन गर्न लागिएको हो ।रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot