Logo

शिक्षकलाई कम्प्युटर तालीम



पाल्पा,२१ माघ । पाल्पाको रम्भा गाउँपालिकाकाले सामुदायिक विद्यालयका शिक्षकका लागि आधारभूत कम्प्युटर तालीम सञ्चालन गरेको छ । आइतबारदेखि शुरु भएको सो तालीममा कम्प्युटर हार्डवेयर तथा सफ्टवेयरसम्बन्धी आधारभूत सीप सिकाइने छ ।

तालीममा हुँगी, फोक्सिङकोट तथा पिपलडाँडाका २६ शिक्षक तथा प्रधानाध्यापक सहभागी छन् । गाउँपालिकाका सूचना प्रविधि अधिकृत सुरज पाठक र स्रोतव्यक्ति विश्वराज ज्ञवालीले सहजीकरण गर्नुभएको छ । तीन दिनसम्म चल्ने तालीममा माइक्रोसफ्टवर्ड, पावरप्वान्ट, एक्सेल, प्रिजेन्टेशन, डकुमेन्ट प्रिन्ट, स्क्यानिङ, कम्प्युटर फरम्याटलगायतका विषयबारे सिकाइनेछ ।

समयसापेक्ष ज्ञान प्रदान गरी प्रविधिमूलक शिक्षा प्रदान गर्न तालीमको आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनुभयो । यसअघि गाउँपालिकाले ताहुँ र हुमिनका शिक्षकलाई तालीम प्रदान गरेको थियो । रासस



प्रतिक्रिया दिनुहोस्