Logo

पोखरेली पर्यटन व्यवसायी सिलगुडीमा



पोखरा,२२ माघ । पोखराको प्रचार प्रसार गर्न यहाँका पर्यटन व्यवसायी भारतको सिलगुडी पुगेका छन् ।नेपाल–भारतका व्यवसायीबीच व्यापार आदानप्रदान गर्न सहज हुने र भारतका उत्तरपूर्वी राज्यबाट पोखरा भ्रमणमा आउने क्रम पनि वर्षेनी बढ्दै गएको सन्दर्भमा पोखराको प्रचार गर्न व्यवसायी त्यहाँ पुगेका हुन् । उत्तरपूर्वी भारतसँग गाढा बन्दै गएको पर्यटकीय सम्बन्धलाई अझै मजबुत बनाउने लक्ष्यका साथ पोखरा पर्यटन परिषद्ले वर्षेनी उक्त क्षेत्रमा प्रवद्र्धनात्मक कार्यक्रम गर्दै आएको छ ।

पोखरा पर्यटन परिषद्को आयोजना एवं नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा आजदेखि भारतको सिलगुडीमा हुने बङ्गाल ट्राभल मार्ट ९विटिएम० मा पोखरेली पर्यटन व्यवसायीको सहभागिताबारे जानकारी दिन सिलगुडीमा सोमबार एक कार्यक्रमा आयोजना गरियो । सो अवसरमा नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रबन्धक सूर्य थपलियाले नेपाल र पोखराको पर्यटनको बारेमा जानकारी दिनुभएको थियो ।

उत्तरपूर्वी भारतसँग सम्बन्ध गाढा बनाउन प्रवद्र्धनात्मक कार्यक्रम लिएर आएको उहाँले बताउनुभयो । प्रवद्र्धनात्मक कार्यक्रमबाट नेपाल–भारत दुवैलाई पर्यटन क्षेत्रमा टेवा पुग्ने उहाँले बताउनुभयो । नाट्टा पश्चिमाञ्चल क्षेत्रीय सङ्घका प्रथम उपाध्यक्ष सञ्जयकान्त सिग्देलले उत्तरपूर्वी भारतका सिलगुडी, डुअर्स, ग्याङटोकसाथै सिक्किम, दार्जलिङ, मणिपुर, आसामलगायतका स्थानबाट धेरै भारतीय पर्यटक नेपालको काँकडभिट्टासहित पूर्वीनाका हुँदै आउने गरेको बताउनुभयो ।रासस



प्रतिक्रिया दिनुहोस्