Logo

प्रेमीलाई नसोधि फेसबुक ‘प्रोफाईल’ परिवर्तन गर्दा प्रेमीले झारे प्रेमिकाको तिन दाँत



काठमाडौँ,२२ माघ ।प्रेमको विषयमा विभिन्न समाचारहरू संचार माध्यममा आउनु अव समान्य जस्तै बनिसकेको छ । तर यहाँ एक प्रेमीले आफुलाई नसोधिकन फेसबुकको प्रोफाइल फोटो परिवर्तन गरेकै निहुँमा आफ्नी प्रेमिकाको दाँत झारिदिएका छन् । लिभरपुलका २९ वर्षे प्रेमी एन्ड्रयू म्याकनेयरले आफ्नी प्रेमिका लोइस एसटोनको तीनवटा दाँत झारिदिएका हुन् ।

म्याकनेयरलाई उक्त घटनापश्चात् ३६ महिनाको जेल सजाय तोकिएको छ । प्रेमिकाले दुईजनाको फोटो हटाएर फेसबुकमा आफ्नो मात्र फोटोराखेका कारण म्याकनेयर रिसाएका थिए ।‘उनी सुरुमा निकै मायालु थिए, मलाई निकै राम्रो व्यवहार गर्दथे । तर समय बित्दै जाँदा उनी परिवर्तन भए ।’ एसटोनले भनिन्, ‘उनले मलाई यसअघि पनि थुप्रै पटक पिट्ने गर्दथे । एक पटक उनले मलाई थप्पड हाने । अर्को पटक टाउकोमा खुट्टाले हाने । मैले त्यति बेला नै उनलाई छोडिदिने सोच बनाएको थिएँ तर उनी सधैँ फोन गरेर मसँग रोएर माफी माग्थे र मलाई उनको माया लाग्थ्यो ।’

आफ्नो प्रेमीले दाँत झारिदिएपछि बाँच्ने आसासमेत हराएको बताइन् । एसटनले भनिन्, ‘मलाई त्यति बेला म मर्दै छु जस्तो लागेको थियो । सहयोग माग्नका लागि म घस्रिएर बाटोमा पुगेकी थिएँ ।’आफूमाथि आक्रमण भएको रात म्याकनेयरले आफूलाई महिलाको ‘नाइट आउट’ पार्टीमा एक्लै भएको बताएका थिए । एसटोनले भनिन्, ‘हामी पबमा गयौँ तर उनी हामीसँग बस्दा पनि बसेनन् । उनी अर्को बुथमा हामीलाई हेर्दै बसे ।’

पबपछि एसटोन म्याकनेयरलाई छोडेर आफ्नो साथीको घरमा ककटेलका लागि गइन् । उनले त्यसरात फेसबुकको प्रोफाइल फोटो परिवर्तन गरेको सुतेकी थिइन् । तर भोलिपल्ट उनी निकै भयावह स्थितिमा ब्युँझिइन । म्याकनेयर उनको खुट्टामाथि उभिएर उनीमाथि चिच्याइरहेका थिए ।‘म त्यहाँबाट भाग्न सफल भएँ । छिमेकीको ढोकामा सहयोगका लागि टाउको ठोकेँ तर कोही पनि उपस्थित भएनन् ।’ एसटोनले भनिन्, ‘त्यसपछि म्याकनेयरले उनलाई लगातार झापड र मुक्का हान्न थाले । उनलाई टाउकोमा लात्ताले हाने, त्यसपछि उनले मेरो अनुहारमा यति बेस्सरी मुक्का हाने कि मेरो दाँत नै झर्‍यो ।’

अत्यधिक डराएकी उनले यसबारे पुलिसमा रिपोर्ट दर्ता गरिनन् । उनी घरेलु हिंसापछि महिलालाई दिइने आश्रयस्थल गइन् । म्याकनेयरको बारम्बारको चेतावनीपछि मात्रै उनले यसबारे पुलिसलाई जानकारी दिएकी हुन् ।एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्