Logo

ओलीले राति ९ बजेपछि बालुवाटारमा तस्करहरुसँग भेट्ने गरेको सिंहको आरोप (भिडियोसहित)



काठमाडौं, २२ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् सांसद डा. अमरेशकुमार सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि बालुवाटारमा तस्कर र भ्रष्टाचारहरुसँग राति ९ बजे भेट्ने गरेको आरोप लगाएका छन् ।

उनले मुलुकमा अब गणतन्त्र नै नरहने सनसनीपूर्ण खुलासा गरेका छन् । उनले वाईडबडी खरिदमा भएको भ्रष्टाचारमा प्रधानमन्त्री केपी शर्मा ओलीको संलग्नता रहेको पनि आरोप लगाएका छन् । उनले भने,‘प्रधानमन्त्रीको ईन्भल्भ नभएको भए त भ्रष्टाचारमा संलग्नहरु कारबाहीमा पर्ने थिए नि ।’

सोमबार प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको “जनता जान्न चाहन्छन्” कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै सिंहले यस्तो खुलासा गरेका हुन् । उनले सरकार गठन भएको एक वर्ष पुग्दापनि जनताले कुनै राहतको महशुस गर्न नपाएको आरोप लगाए ।उनले भने,”अराजकता, कुशासन, भ्रष्टाचार, बलात्कार, हत्या, हिंसाको बीचमा आउने नै सैनिक शासन हो ।यो त राजनीतिको साधारण सिद्धान्त हो ।”

सेनाले त्यो किसिमको साहस अथवा हिम्मत गर्न सक्ला र रु भनेर धमलाले सोधेको प्रश्नमा सिंहले भने,”होईन साहस त नेपाली जनताले दिन्छन् नि । अन्तर्राष्टिय समूदायले दिन्छ नि ।”

प्रधानमन्त्री केपी शर्मा ओलीले जे कुरामा पनि मजाक गर्ने गरेको उनको आरोप छ । उनले उखान टुक्काले देश नचल्ने बताए । उनले भने,‘प्रधानमन्त्री ओलीजति हसाउँने मान्छे अरु कोही पनि छैन । अब त उहाँको कुरा जनताले गम्भिर रुपमा लिनै छोडिसके ।’



प्रतिक्रिया दिनुहोस्