Logo

बाग्मती सरसफाइ महाअभियानको ३००औँ हप्ता विशेष कार्यक्रम आयोजन



काठमाडौँ,२४ माघ । ‘स्वच्छता मेरो पहिचानः सफाइ मेरो योगदान’ भन्ने मूल नाराका साथ बाग्मती सरसफाइ महाअभियानको ३००आँँै हप्ताका अवसरमा विशेष कार्यक्रम आयोजना गरिने भएको छ ।

अगामी शनिबार बिहान ८ः३० बजे बाग्मती मनोहरा दोभानको शङ्खमूल क्षेत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा विशेष कार्यक्रम आयोजना गरिन लागेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

विसं २०७० जेठ ५ गतेदेखि संस्थागतरूपमा बाग्मती सरसफाइ अभियान शुरु भएको थियो । शुरुको १००औँ हप्तासम्म बाग्मती नदीमा मात्रै केन्द्रीत सफाइ अभियान विस्तार हुँदै विष्णुमती, रुद्रमती ९धोबीखोला०, नख्खु, कर्मनाशा ९कोडकु०, इन्द्रमती ९बल्खु०, मनोहरा, हनुमन्ते नदी तथा चक्रपथ सफाइसम्म विस्तार भएको थियो । २०० औँ हप्तासम्म सुन्दरीजलदेखि चोभारसम्म पदयात्रा तथा अभियानलाई कार्यान्वयन गर्न दशबुँदे घोषणापत्र जारी भएको थियो ।

यस अवधिमा करीब १८ हजार मेट्रिक टन फोहर उठाइ सकिएकोे छ । यस कार्यमा एक हजार ८५० सङ्घसंस्था आबद्ध रही करीब दश लाख स्वयंसेवी परिचालन भएका थिए ।

शहरी विकास मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा मन्त्री मोहम्मद इश्तियाक राईले बाग्मती सरसफाइ महाअभियानको ३००आँँै हप्ता पुगेको अवसरमा विशेष कार्यक्रम आयोजन गर्न लागिएको जानकारी दिँदै कार्यक्रममा सहभागी हुन आह्वान गर्नुभयो ।

उहाँका अनुसार सो अवसरमा आयोजना हुने विशेष समारोहमा प्रधानमन्त्री ओलीले सरसफाइमा प्रतिबद्ध हुन शपथग्रहण गराउनुहुने, अभियानकर्मीलाई सम्मान गर्नुहुने लगायतका कार्यक्रम रहेको छ ।

सोही दिन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत ७५३ वटै स्थानीय तहमा विशेष सरसफाइ अभियानसमेत सञ्चालन हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

बाग्मती सफाइ महाअभियानसँगै बाग्मती र सहायक नदीहरुको ढल निर्माण कार्य, उद्यान निर्माण तथा सौर्य बत्ती जडानलगायत काम तीव्र गतिमा अगाडि बढेको छ । महाअभियान बाग्मती नदीमा बग्ने पानी पिउनयोग्य तथा स्पर्श गर्न योग्य नहुञ्जेलसम्म जारी रहने अभियानकर्मीले जनाएका छन् ।

पत्रकार सम्मेलनमा मन्त्री राईले देशभरका नदी संरक्षण गर्न शहरी विकास मन्त्रालयले ध्यान दिएको छ भन्नुभयो । बाग्मती सफाइ महाअभियानका अभियानकर्मी डा राजु अधिकारीले नदी संरक्षण गर्न नदी आयोग गठन गर्न माग गर्नुभयो ।रासस



प्रतिक्रिया दिनुहोस्