Logo

‘वाईडबडीभन्दा बढि भ्रष्टाचार बुढीगण्डकीमा भएको छ’



काठमाडौं, २५ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद राम बहादुर विष्ट वाईडबडी काण्डमा भन्दा ठूलो भ्रष्टाचार बुढीगण्डकी जलविद्युत आयोजना चिनियाँ कम्पनीलाई दिनको लागि भएको आरोप गम्भिर आरोप लगाएका छन् ।

शुक्रबार प्रतिनिधि सभाको बैठकको शुन्य समयमा बोल्दै सांसद विष्टले वाईडबडी भ्रष्टाचारको विषय सेलाउन नपाउँदै त्यो भन्दा ठूलो भ्रष्टाचार बुढीगण्डकीमा भएको भन्दै छानविनको माग गरेका हुन् ।

उनले नेपाल आफैं बनाउन सक्षम रहेको १२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजनाको लागि सबै तयारी भईरहेको बेलामा सरकारले एक्कासी विना प्रतिस्पर्धा चिनियाँ कम्पनी गेजुवाको जिम्मा दिईनुले यसमा ठूलो भ्रष्टाचारको गन्ध आएको आरोप लगाएका हुन् ।



प्रतिक्रिया दिनुहोस्