Logo

शान्ति सम्झौता विपरित कदम चालिएको भन्दै प्रचण्डको आक्रोश, देश फेरि द्वन्द्वमा फस्न सक्ने चेतावनी



काठमाडौं, २५ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शान्ति सम्झौता र संविधानको मर्म विपरत कतिपय कदमहरु चालिएकोमा चिन्ता व्यक्त गरेका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो चिन्ता व्यक्त गरेका हुन् । उनले शान्ति सम्झौता र संविधानको मर्म र भावनाविपरित अघि बढे देश फेरि पनि द्वन्द्वमा फँस्न सक्ने चेतावनी दिए ।

उनले अब द्वन्द्व भयो भने नेपाले धान्न नसक्नेपनि संकेत गरे । अध्यक्ष प्रचण्डले शान्ति सम्झौताविपरित प्रहरीमा भएका मुद्दा भाटाभट अगाडि बढाउन थालेकोमा गम्भिर चिन्ता पनि व्यक्त गरे ।

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्

Screenshot