Logo

दलाल पुँजीबादी अर्थतन्त्रको बाहुल्यताका कारण समग्र अर्थतन्त्र नै धरासायी भएको राष्ट्रिय उद्योग बाणिज्य महासंघको आरोप



काठमाडौं, २५ माघ । राष्ट्रिय उद्योग बाणिज्य महासंघले यही माघ १५ गते चितवनमा भएको दोश्र्रो राष्ट्रिय सम्मेलनमा तय गरेका निती तथा कार्यक्रमहरुलाई आज सार्वजनिक गरेको छ ।

शुक्रवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दे महासंघका अध्यक्ष श्रीकृष्ण बस्नेतले नेपालमा औद्योगिक विकासको पर्याप्त संभावना हुँदाहुदै पनि देशमा दलाल पुँजीबादी अर्थतन्त्रको बाहुल्यताका कारण समग्र अर्थतन्त्र नै धरासायी हुदै गएको आरोप लगाएका छन् । देशमा रहेका प्रशस्त स्रोत तथा साधनको सदुपयोग नगरी देशको श्र्रम, सिप र पुँजी विदेसिएकोमा पनि उनको आपत्ति रहेकोे छ ।

उद्योग व्यवसायमा दलाल पुँजीपतिहरुको सिण्डीकेटले गर्दा निश्चित व्यक्तिभन्दा बाहेक आम उद्योगी व्यवसायीहरुको उद्योधन्दा तथा व्यवसाय दिनानुदिन खस्किँदै गैरहेको पनि उनले बताए । उनले भने,‘जसको प्रतक्ष मारमा कम पुँजी हुने साना व्यवसायीहरु र राष्ट्रिय उद्योगीहरु रहेका छन ।’

विगतमा सञ्चालित राष्ट्रिय उद्योग कलकारखानाहरु पनि निजीकरणको नाममा समाप्त पारिएको उनले गम्भिर आरोप लगाए । उनले भने,‘देशमा भएका औद्योगिक कच्चा पदार्थहरु कौडीको भाउमा बिदेशमा निर्यात भईरहेका छन् । समग्रमा भन्नुपर्दा देश पुरै परनिर्भरतामा चलिरहेका देखिन्छ ।’

श्रम, सिप र पुँजीको पलाएन, राजश्व तथा कर असुलीसम्बन्धी फितलो कानुनी व्यवस्था, राज्यका निकायहरुबाट दिईने अनावश्यक झन्झट, अस्वस्थ प्रतिस्पर्धा र गुणस्तरहिन सामग्रीको बिक्री बितरण तथा कर्जा प्रक्रिया र चर्काे ब्याजदर आदी उद्योगीहरुका प्रमुख समस्या रहेका पनि महासंघले जनाएको छ।
देशमा औद्योगिक व्यवसायिक विकास एवं आर्थिक सामाजिक रुपान्तरणको लागि राष्ट्रिय पुँजीको निर्माण गर्दे दलाल नोकरशाही एकाधिकार पुँजीवादकोविरुद्ध तथा उद्योग व्यवसायमा भएका विद्यमान भएका विकृतिकाबिरुद्ध संगठित रुपमा पहल गर्नुपर्ने आवश्यकत्ता रहेको पनि महासंघले औंल्याएको छ ।

महासंघले जारी गरेको प्रेस वक्तव्यको पूर्ण पाठसहित

आदरणीय पत्रकार मित्रहरु,

नेपालमा औद्योगिक विकासको प्रयाप्त संभावना हुँदा हुँदै पनि देशमा विद्यमान दलाल पुँजीवादी अर्थतन्त्रको बाहुल्यताका कारण समग्र अर्थतन्त्र नै धरासायी हुँदै गएको छ । उद्योग व्यवसायमा दलाल पुँजीपतिहरुको सिण्डीकेटले गर्दा निश्चित व्यक्ति भन्दा बाहेक आम उद्योगी व्यवसायीहरुको उद्योग धन्दा व्यवसाय दिनानुदिन खस्कीँदै गई रहेको छ । जसको प्रत्यक्ष मारमा कम पुँजी हुने साना व्यवसायीहरु र राष्ट्रिय उद्योगीहरु परेका छन् ।

विगतमा संचालित राष्ट्रिय उद्योग कलकारखानाहरु पनि निजीकरणको नाममा समाप्त पारिएको छ । देशमा भएका औद्योगिक कच्चा पदार्थहरु कौडीको भाउमा विदेश निर्यात गरिँदैछ । देशको लागि आवश्यक उपभोग्य वस्तुहरु चर्को मुल्य तिरेर आयात गर्नु पर्ने अवस्था छ । समग्रमा भन्नु पर्दा देश पुरै परनिर्भरतामा चलेको देखिन्छ । श्रम, सिप र पुँजीको पलायन, राजश्व तथा कर असुली सम्बन्धी फितलो कानूनी व्यवस्था, राज्यका निकायहरुबाट दिइने अनावश्यक झन्झट, अस्वस्थ्य प्रतिस्पर्धा, गुणस्तरहिन सामाग्रीको बिक्री वितरण, जटिल कर्जा प्रक्रिया तथा चर्को ब्याजदर आदि उद्योगी व्यवसायीहरुको प्रमुख समस्या रहेका छन् । जसको कारण उद्योगी व्यवसायी लगायत आम नेपाली जनताको जीवनस्तरमा नै नकारात्मक प्रभाव पर्न गएको देखिन्छ ।

यसै विषयलाई मध्यनजर गर्दै देशमा औद्योगिक, व्यवसायिक विकास एवं आर्थिक सामाजिक रुपान्तरणको लागि राष्ट्रिय पुँजीको निर्माण गर्दै दलाल नोकरशाही एकाधिकार पुँजीवादको विरुद्ध तथा उद्योग व्यवसायमा भएका विद्यमान विकृतिका विरुद्धमा संगठित रुपमा पहल गर्नु पर्ने आवश्यकता रहेको छ । सडक पेटीका व्यापार व्यवसाय देखि राष्ट्रिय स्तरका उद्योग धन्दामा समेत पर्न गएका समग्र समस्याको पहिचान तथा समाधानको लागि सम्पूर्ण उद्योगी व्यवसायीहरु संगठीत भएर एकीकृत पहल लिनु पर्ने आवश्यकता महसुस गरिएकोले देशभरका देशभक्त, प्रगतिशिल उद्योगी व्यवसायीहरुको भेलाबाट २०७२ सालमा संयुक्त उद्योग वाणिज्य महासंघ गठन गरिएको थियो । हाल यो महासंघको दोस्रो राष्ट्रिय सम्मेलन २०७५ साल माघ १५ गते चितवनमा भव्यताका साथ सम्पन्न भएको छ । राष्ट्रिय सम्मेलनले महासंघको नाम परिमार्जित गरी राष्ट्रिय उद्योग वाणिज्य महासंघ राख्ने समेत निर्णय गरेको छ ।

चितवनमा भएको दोस्रो राष्ट्रिय सम्मेलनले अध्यक्ष–श्रीकृष्ण बस्नेत,उपाध्यक्ष– प्रकाश बस्नेत, महासचिव– योगेश बुढाथोकी, सचिव– जनक सिंह र कोषाध्यक्षमा उमेश गुणिलाईचयन गरी ३१ सदस्यीय केन्द्रीय समिति गठन गरिएको छ ।सम्मेलनले संगठन विस्तार तथा सुदृढीकरणको लागि ४ वटा कमाण्ड बनाई अभियान संचालन गर्ने निर्णय गरेको छ ।

महासंघको निति तथा कार्यक्रमहरु :

ड्ड सम्पूर्ण देशभक्त, प्रगतिशील उद्योगी व्यवसायीहरुलाई महासंघमा संगठित गरिनेछ ।
ड्ड दलाल पुँजीको खारेजी तथा राष्ट्रिय पुँजी निर्माणको लागि पहल गरिनेछ ।
ड्ड उद्योग व्यवसायमा भएका समस्याहरुको पहिचान तथा समाधानको लागि पहल गरिनेछ ।
ड्ड घरेलु तथा साना उद्योगहरुलाई राष्ट्रिय उद्योगको रुपमा विकास गर्न जोड दिईनेछ ।
ड्ड हाल भैरहरेको चोरी निकासी तथा राजश्व छली अन्त्यको लागि आवश्यक पहल गरिनेछ ।
ड्ड राज्यको तर्फबाट भई रहेको दोहोरो कर आतंक बन्द गरी व्यवस्थित कर प्रणाली लागू गर्न जोड दिइनेछ ।
ड्ड राष्ट्रिय स्रोत साधनमा आधारित राष्ट्रिय उद्योग धन्दाहरुको संरक्षण सम्बद्र्धनका साथै वृद्धि विकासमा जोड गरिनेछ ।
ड्ड राज्यबाट निजीकरणका नाममा बन्द गरिएका राष्ट्रिय उद्योगहरुलाई पुन सरकारी स्वामित्वमा संचालनका लागि पहल गरिनेछ ।
ड्ड अभाव सृजना गरी महंगी बढाउने र उपभोक्ताहरुको उपभोग्य अधिकार माथि खेलवाड गर्ने जो सुकैलाई कारवाहीको दायरामा ल्याउन पहल गरिनेछ ।
ड्ड बैंक तथा वित्तिय क्षेत्रबाट राष्ट्रिय औद्योगिक विकासमा सहज लगानीको वातावरण बनाउन जोड गरिनेछ । साथै लगानीको नाममा भैरहेको फरक फरक चर्को ब्याजदर अन्त्य गरी एकरुपताको आधारमा सरल ब्याजदर कायम गर्न पहल गरिनेछ ।
ड्ड उद्योगी व्यवसायीहरुलाई अराजकशैलीमा आर्थिक दबाव सृजना गर्ने व्यक्तिहरुको पहिचान गरी आवश्यक कारवाहीको लागि सम्बन्धित निकायसँग समन्वय गरिनेछ ।
ड्ड गुणस्तरीय तथा प्रतिस्पर्धात्मक औद्योगिक उत्पादनलाई बजारीकरण गर्न जोड गरिनेछ ।
ड्ड उद्योग व्यवसाय व्यवस्थित र मर्यादित बनाउन सरोकारवाला निकायसँग छलफल अन्तरक्रिया गरिने छ ।

यसरी देशमा विद्यमान उद्योग व्यवसायसँग सम्बन्धित समस्याहरुको पहिचान तथा निराकरणको लागि आम उद्योगी, व्यवसायीहरुले संगठीत रुपमा नै पहल गर्नु पर्ने आजकोटड्कारो आवश्यकता महासंघले महसुस गरेको छ । साथै आत्मनिर्भर अर्थतन्त्रको विकास गर्दै वैैज्ञानिक समाजवादी अर्थप्रणाली निर्माण गर्न समेत महासंघले महत्वपूर्ण भूमिका खेल्नेछ । जसको लागि संगठन निर्माण, विकास तथा सुदृढीकरणलाई पहिलो प्राथमिकतामा राखिएको छ ।

आम उद्योगी व्यवसायीहरुको पेशागत हकहित तथा अधिकार सुनिश्चित गर्न निती निर्माण तहसम्म व्यवसायीहरुको प्रतिनिधित्व हुनु पर्दछ । तसर्थ महासंघले आम उद्योग व्यवसायसँग सम्बन्धित तय गरिएका अवधारणाहरु कार्यान्वयन गर्न राज्यका निकायहरुसँग छलफल, अन्तरक्रिया समन्वयात्मक रुपमा संचालन गर्ने छ । सो प्रक्रियाबाट समस्याको समाधान हुन नसकेमा शान्तिपूर्ण संघर्षका माध्यमबाट समेत दबाव सृजना गरी निराकरण गरिने नीति महासंघले लिएको छ ।

धन्यवाद !

योगेश बुढाथोकी श्री कृष्ण बस्नेत
महासचिव अध्यक्ष
राष्ट्रिय उद्योग वाणिज्य महासंघ राष्ट्रिय उद्योग वाणिज्य महासंघ
मिति : २०७५।१०।२५



प्रतिक्रिया दिनुहोस्