Logo

खोटाङका बिभिन्न स्थानमा निशुल्क बिशेषज्ञ घुम्ती अस्पताल सेवा शिविर



काठमाडौं, २६ माघ । नेपाल सरकार,स्वास्थ्य तथा जनसंख्या मन्त्रालय,स्वास्थ्य सेवा बिभाग,उपचारात्मक सेवा महाशाखाको आयोजनामा बिकाश र सम्बृद्धिको आधार भनेको स्वस्थ नागरिक हो भन्ने तथ्यलाई आत्मसात गर्दे – समयमै रोग पहिचानको निम्ति घुम्ती अस्पताल सेवा गा“ऊ गा“ऊमा पुर्याउने हाम्रो प्रयास,सबैलाई स्वस्थ राख्ने हाम्रो प्रयास– एक हप्ताको बिश्रामपछि यही २०७५ माघ १३ गते देखी २४ गतेसम्म मानेभञ्ज्याङ,,साकेला,ओख्रे,जनसेवा दि“हु,चिप्रीङ,सिम्पानी,खोटाङ बजार,चिसापानी बजार र धर्तुङमा सम्पन्न भएको छ ।

उपप्रधानमन्त्री तथा स्वास्थ्य एवं जनसंख्या मन्त्री उपेन्द्र यादवका जनस्वास्थ्यबिज्ञ सल्लाहाकार तथा बरिष्ठ फेमीली फिजिसियन डा. के–के राईको नेतृत्वमा बरिष्ठ कन्सलटेण्ट डेण्टल सर्जन डा. प्रकाश बुढाथोकी,बरिष्ठ रेडियोलोजष्ट डा. कृष्ण बुढाथोकी,बरिष्ठ स्त्री तथा प्रसुती रोग बिशेषज्ञ डा. साभना प्रधान,फेमीली फिजिसियन डा. रोहेन्द्र पाण्डे,डा. सुमीत प्रजापति,हाडजोर्नी बिशेषज्ञ डा. सरोज राई,डेण्टल सर्जन डा.अमिता राई,डा.नवराज घिमीरे,डा. राजीव कुमार मण्डल,आर्युवेद चिकित्सक डा.साभ्यता पन्ती,डा. सुनील भण्डारी,आ.स. सिर्जना जयसवाल,अप्टोमेट्रिसियन मिनु श्रेष्ठ,हे.अ. ज्ञानु कार्की,हेअ दौलत तुलाधर,ज.अ. भवानी शर्मा,ज.अ. योगेन्द्र पञ्जियार ल्याब टेक्निीसीयन पंकज थारु,नर्सिङ अधिकृत यशोदा गिरी लगायत २२ जना स्वास्थ्यकर्मीहरु संलग्न रहेको डा. प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।

घुम्ती अस्पताल शिवीरमा छाला,हडजोर्नी,छाती,बाल लगायतका सामान्य,जेष्ठ नागरिक,दा“त तथा मुख,आ“खा,महिला सम्बन्धी रोग,स्तन क्यान्सर स्क्रिनीङ,भिडियो एक्सरे,चिनीरोगको परीक्षण,आर्युवेद,योग तथा जीवनशैली ब्यवस्थापन, सामाजिक सेवा ईकाई र औषधी बितरण सेवा निशुल्क प्रदान गरिएको थियो । सामाजिक सेवा ईकाई सेवा मार्फत उपचार गर्न नसक्नेलाई नजिकको प्रेषण वा काठमाण्डौमै ल्याई वा घुम्ती शल्यक्रिया शिविर संचालन गरी उपचार गराउन उनीहरुको नाम,सम्पर्क ब्यक्ति र फोन नम्बर अभिलेख गरिएको शिवीर संयोजक तथा उपचारात्मक सेवा महाशाखाका आ“खा,नाक,कान,घा“टी र मुख स्वास्थ्य शाखाका प्रमुख डा. प्रकाश बुढाथोकी बताउनुहुन्छ ।

नरदेवी आर्युवेद अस्पताल,न्याम्स वीर अस्पताल,पाटन अस्पताल,कान्तिपुर डेण्टल हस्पिटल,किर्तिपुर आ“खा अस्पताल लगायत अन्य संघसंस्थाहरुका बिशेषज्ञहरु संलग्न उक्त शिवीरबाट ४ हजार ५ सय बढीले सेवा लिनुभएको छ । शिविरमा ४ सय महिलाको म्यामो गरिएकोमा १०५ जनाको स्तनमा गिर्खा वा डल्लो भेटिएको,७ सय १६ स्त्री रोग महिलाको उपचार,१ सय १३ जनाको चिनीरोगको पहिचान,७ सय ६४ जना बिरामीको दा“तको उपचार गरिएकोे र ७ सय १५ जनाको भिडियो एक्सरे गरिएको थियो ।

१ सय ३५ जना अन्य र ६८ जना आ“खाको बिरामी,लाई शल्यक्रिया गर्नका लागी अभिलेख राखिएको संयोजक डा. बुढाथोकी बताउनुहुन्छ । आर्युवेदिक,होमीयोप्याथिक र एलोप्याथीक गरी १५ लाख बढीको औषधी तथा नेपाल डेण्टल एसोसियसनद्धारा प्राप्त ५ हजार दन्तमञ्जन निश¬ल्क बितरण भएको छ ।

सेवा प्रदायक सेवाग्राहीकह“ा र रोगको पहिचान गरी समयमै उपचार प्रदान गर्ने उदेश्यले उक्त निशुल्क बिशेषज्ञ घुम्ती स्वास्थ्य शिवीर संचालन गरिएको उपचारात्मक सेवा महाशाखाका निर्देशक डा. मनिषा रावलले बताउनु भएको छ ।

यस्तै घुम्ती बिशेषज्ञ स्वास्थ्य शिवीर खोटाङको उत्तरी जाल्पा,बाक्सिला,दार्गाम्छा,ऐशलुखर्क र हलेसी ५ स्थानमा पौष २३ गते देखी ११ दिन गरिएको थियो । बजेट विनियोजित भए हरेक प्रदेशको मानव शुचांक कमजोर भएका र अस्पताल तथा बिशेषज्ञ सेवाको प“हुच नभएका दुर्गम एक एक स्थानमा यस्तो घुम्ती अस्पताल सेवा शिवीर संचालन गर्ने सोच उपचारात्मक सेवा महाशाखाले बनाएको बताईन्छ ।



प्रतिक्रिया दिनुहोस्