Logo

भ्रष्टाचार अन्त्य गर्दै शैक्षिक क्षेत्रको विकास गर्नुपर्छ : धमला



काठमाडौं, २७ माघ प्राइम टाइम्स टेलिभिजनका कार्यकारी अध्यक्ष ऋषि धमलाले अब देशमा भ्रष्टाचार अन्त्य गर्दै शिक्षा क्षेत्रको विकास गर्नुपर्ने सुझाब दिनुभएको छ ।

सरस्वती पूजाको अवसरमा टाइम्स इन्टरनेसनल कलेजले गरेको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै धमलाले पत्रकारिताको माध्यमबाट आफूले शैक्षिक विकास र भ्रष्टाचार अन्त्यलाई प्राथमिकतामा राखेको जनाए ।

देश विकासका लागि सबैभन्दा पहिला भ्रष्टाचारको अन्त्य गर्नुपर्ने धमलाको तर्क थियो । शिक्षा क्षेत्रलाई राजनीतिकरण र व्यापारीकरण गर्न नहुने धमलाको सुझाब थियो ।

काठमाण्डौको टाइम्स इन्टरनेसनल कलेजले सरस्वतीपूजाको अवसरमा ‘अ नेशन मेघा इभेन्ट’ नामक कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रम गरिनुका साथै अतिरिक्त क्रियाकलापका विजेतालाई पुरस्कार प्रदान गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्