Logo

सम्पत्ति हडप्न दिदि–भिनाजुले साला–बुहारीको ज्यान मार्ने प्रयास गरेको आरोप, जीवन रक्षाको लागि सरकारसमक्ष अपिल (भिडियोसहित)



‘भान्जाले मलाई बीच सकडमा बलात्कारको प्रयास गरे’
काठमाडौँ, २७ माघ । सिन्धुली जिल्ला कमलामाई नगरपालिका वडा नम्बर ६ स्थायी घर भएकी कल्पना बस्नेत खड्काले सरकारसमक्ष आफ्नो जीवन रक्षाको माग गरेकी छिन ।

आइतवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले आफूलाई आमाजु दिदि–भिनाजु तथा भान्जाहरुबाट पटक–पटक बलात्कारको प्रयास भएको, ज्यान मार्ने धम्की तथा अश्लिल भिडियो र तस्बिरहरु पठाएर वर्षाेदेखि यातना दिँदै आएको आरोप लगाएकी छिन् ।

उनले भनिन्,‘मेरो ससुरा बुवा हरि बहादुर खड्काको २०६७ सालमा मृत्यु भईसकेपछि ससुरा बुवाको नाममा काठमाडौको सानो भर्याङमा रहेको घर तथा सिन्धुलीमा रहेको जग्गा र घर आफ्नी सास्ुआमालाई ललाईफकाई दिदिहरुमध्ये माईली आमाजु निरु कुमारी खड्का थापाले २०७१ सालमा सिन्धुली जिल्ला मालपोत कार्यालयमा आफ्नो नाममा दर्ता गराउनुभयो ।’

आफ्ना श्रीमान कृष्णहरि खड्कालाई भिनाजुहरुले बन्धक बनाईराखेको समयमा जग्गा पास गराई सम्पत्ति हडप्न खोजेको पनि उनले आरोप लगाईन् । आफू र आफ्नो श्रीमान्लाई बिभिन्न समयमा मार्ने तथा बलात्कार गरेर फाल्नेसम्मको धम्की जेठी दिदि (गीता थापा) को छोरा अनिश थापाले दिँदै आएको उनले पत्रकार सम्मेलनमा जानकारी गराईन् ।

आफ्नो मागी बिवाह भएको तथा बिवाहपश्चात् भाई तथा बुहारीले सम्पुर्ण सम्पत्ति खाने भए भन्ने सोचका कारण आमाजु–दिदिहरुले बिवाह भएको छोटा समयदेखि नै बिभिन्न आरोप तथा यातना दिनेजस्ता कार्यहरु गरिएको र आफूले सहँदै आएको उनको भनाई रहेको छ ।

पटक–पटक ज्यान मार्ने उद्देश्यले आफ्ुमाथि कुटपीट भएको पनि उनले आरोप लगाईन् । उनले भनिन्,‘आमाजु दिदिका छोरा अनिशले मेरो संबेदनशील अंग छुने तथा बलात्कारको प्रयासजस्ता यथेष्ठ प्रमाण हँुदाहुदै पनि प्रहरी प्रशासनले पहिला घट्नाको बारेमा कुनै जानकारी लिन मानेन र पछि जिल्ला प्रहरी कार्यालयको परिसरभित्रै धर्ना बसेको तीन दिनपश्चात् प्रहरीले जाहेरी दर्तासम्म गरेको थियो ।’
भान्जा तथा भिनाजुहरुले आफूलाई नाङगो फोटो पठाउने गरेको र आफूलाई बलात्कार गरेर लाशपनि नभेटाउने ठाँउमा फाल्नेजस्ता कुरा लेखेर पठाउने गरेका पनि उनले सुनाईन् ।

उनले भनिन्,‘तेरो बुवालाई पनि मारियो के गर्न सकिस ? अब मर्ने पालो तेरो हो भनेर धम्काउनेजस्ता गतिबिधि बढेकाले सरकारसमक्ष प्राण रक्षासहितको आशामा आफु संञ्चार माध्यममा बाध्य भएर आउनु परेको हो ।’

आफु न्यायको लागि राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय महिला अधिकार आयोग, महिला पुनःस्थापना केन्द्र (ओरेक), ‘ल्याक’, प्रहरी प्रधान कार्यालय, क्षेत्रिय प्रहरी कार्यालय हेटौंडा, अञ्चल प्रहरी कार्यालय जनकपुर र बिभिन्न मन्त्रालयपनि धाईसकेको उनको भनाई छ । उनले भनिन्,‘मलाई ओरेकले धेरै सहयोग गरेको छ।’

प्रहरीले प्रतिबादीलाई पक्राउ गर्दा भोलि उ छुटेर जाँदा तपाईहरुलाई नै अप्ठेरो पर्न जानसक्ने हुने भएका कारण घट्नालाई मिलापत्र गर्न मात्र सुझाउने गरेको पनि उनको भनाई रहेको छ ।

उनले आफ्नो बुवाको हत्यामा पनि थापा परिवारको संलग्नता रहेको गम्भिर आरोप लगाईन् । उनले भनिन्,‘अहिले त उनीहरुले मेरो पनि बुवाकोजस्तै हालत बनाई दिने धाक दिने गरेका छन् ।’

आफुलाई बिच सडकमा भान्जा अनिशले बलात्कारको प्रयास गर्दे ज्यान मार्ने मनशायले कुटपिट गरेर शक्त घाईते बनाउँदा पनि प्रहरी र स्थानीय सरकारले अपराधीलाई समातेर कानुनी दायरामा नल्याएको आरोप लगाईन् ।

उनले निज भान्जा अनिश थापा र उनको ठुलो बुवा अर्जुन थापा, हजुरबुवा बोधन बहादुर थापालगायतले तेरो प्रहरीले के गर्यो ? हामीले चाह्यौँ भने तँलाई कुटपिट मात्र त के ? बलात्कारपछि हत्या गरेर तेरो लाशसहित नभेटाउने ठाँउमा फालिदिने भनेर छाती फुलाउँदै खुल्ला रुपले हिँडिरहेको पनि बताईन् ।

कार्यक्रममा बस्नेतका पति कृष्णहरि खड्काले आफुहरुले लामो समयदेखि मानसिक तथा शारिरिक यातना भोग्दै आएको सुनाए । ‘म र मेरी श्रीमतीमाथि भौतिक आक्रमण भएको र आफ्न्तहरुबाट नै ज्यान मार्ने प्रयास भैरहेको छ ।’–उनले भने,‘हामी त अहिले त्रासको वातावरणमा बाँचिरहेका छौं।’

राजनैतिक शक्ति र पैसाको आडमा आफ्ना दिदि–भिनाजुहरुले आफुलाई मार्न खोजेको उनको भनाई छ । आफुले छोरोको हैसियतबाट पाउनुपर्ने अंशको लागि जिल्ला अदालत सिन्धुलीमा २०७१ सालमा हकदाबीको मुद्धा दायर गरेको पनि उनले जनाए ।


अहिले मुद्दा उच्च अदालत हँुदै सर्वाेच्व अदालतमा बिचराधिन रहेको तथा समयको हदम्याद सकिँदा पनि अदालतले बिपक्षीहरुको मुद्दा दर्ता गरेको उनको भनाई रहेको थियो ।

(घट्नाबारे सम्पुर्ण प्रमाण (बोलेको श्रब्य, अश्लिल तस्विर, धम्किीपुर्ण म्यासेज, सामाजिक संजालबाट गरेका लिखित बेईज्जति) आफुसंग सुरक्षित रहेको र आवश्यक पर्दा प्रमाण उपलब्ध गराउन तयार रहेको पीडितहरुको भनाई छ)



प्रतिक्रिया दिनुहोस्