Logo

उपराष्ट्रपतिद्धारा लिङ्गा क्षेत्रको अवलोकन(फोटोफिचर)



कञ्चनपुर,२ फागुन उपराष्ट्रपति नन्दबहादुर पुनले कञ्चनपुर बेदकोट नगरपालिका–४ स्थित शिवलिङ्गेश्वर लिङ्गा क्षेत्रको आज विहान स्थलगत अवलोकन गर्नुभएको छ ।

सो अवसरमा उहाँले भौतिक पूर्वाधार निर्माण गर्न सके यहाँ आन्तरिक र बाह्य धार्मिक पर्यटकलाई भित्र्याउन सकिने उल्लेख गर्दै धार्मिक पर्यटकका लागि उच्च सम्भावना बोकेको यस क्षेत्रको विकासका लागि सम्बन्धीत सबैको सहयोग, समन्वय र सहकार्यको खाँचो रहेको बताउनुभयो ।

यो क्षेत्र पर्यटकीय हिसाबले महत्वपूर्ण छ उहाँले भन्नुभयो, “पहिलो पटक यस क्षेत्रमा पुग्ने मौका पाए, यो क्षेत्र पर्यटकीय सम्भावना बोकेको क्षेत्रका रुपमा रहेको छ ।”शिवलिङ्गेश्वर लिङ्गा क्षेत्र आन्तरिक पर्यटकको गन्तव्यका रुपमा रहेको छ ।

टाढाबाट दृश्य नियाल्दा ढुङ्गालाई ठाउँ ठाउँमा ठिङ्ग उभ्याई दिए जस्तो अनुभव हुने यस क्षेत्रको नजिक गएर हेर्दा माटोबाट बनेको पहाडका आकृति देख्दा जो कोही पनि आश्चर्यमा पर्ने गरेका छन् ।यस क्षेत्रमा नगरपालिकाले सेल्फी प्वाइन्ट निर्माण गरिदिएपछि सेल्फी लिन यहाँ युवायुवतीहरुको भीड लाग्ने गर्छ ।

शब्द/तस्विरः रासस



प्रतिक्रिया दिनुहोस्