Logo

जनताको जलविद्युत आयोजना कार्यक्रमको शुभारम्भ



काठमाडौं, २ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जलविद्युत आयोजना कार्यक्रमको शुभारम्भ गरेका छन्। नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युतको शेयरधनी’ भन्ने नाराका साथ सुरु गरिएको कार्यक्रमको प्रधानमन्त्री ओलीले राष्ट्रिय सभागृहबाट आरम्भ गरेका हुन्।

बजेटमार्फत् प्रस्तुत कार्यक्रमलाई कार्यरुप दिने क्रममा कार्यक्रमको शुभारम्भ गरिएको उर्जामन्त्री वर्षमान पुनले बताए। यस कार्यक्रममार्फत् पाँच वर्ष्भित्र १९ आयोजनाबाट ३४७९ मेगावट विद्युत पहिचान गरी निर्माणमा जानेछन्।

यी आयोजनमा ६ खर्ब ९५ अर्ब ८० करोड लगानी हुनेछन् जसमा ७० प्रतिशत ऋण लगानी र ३० प्रतिशत स्वपूँजी शेयर लगानी हुनेछ। यस्ता आयोजनामा ५१ प्रतिशत सरकार र यसका निकाय तथा ४९ प्रतिशत जनताको लगानी हुने बताइएको छ।



प्रतिक्रिया दिनुहोस्