काठमाडौं ३ माघ । काठमाडौं । सरकारद्वारा गठित उच्चस्तरीय जाँचबुझ आयोगले नेपालमा केही अन्तराष्ट्रिय गैरसरकारी संस्था(आइएनजीओ)ले अन्तराष्ट्रिय खुफिया एजेन्सी आईएसआईएस, अलकायदा तथा अन्य आतंकबादी संगठनमार्फत अर्बौं रुपैंयाँ भित्र्याइएको हुन सक्ने आशंका गरेको छ ।
आईएनजीओबाट नेपाल भित्रने अर्बौं रुपैंयाँ अपारदर्शी रहेको र स्रोत खुल्न नसकेको भन्दै आयोगले सबै आईएनजीओलाई सूल्म निगरानीमा राखी अध्ययन गर्न समेत सरकारलाई सुझाएको छ ।
सरकारले समाज कल्याण परिषदमा देखिएको अनियमितता र विकृतिबारे छानविन गर्न पूर्वमुख्य न्यायाधीश मोहनरमण भट्टराईको अध्यक्षतामा पाँच सदस्यीय उच्चस्तरीर जाँचबुझ आयोग गठन गरेको थियो ।
१८ साउन २०७५ मा गठन भएको सो आयोगले आफ्नो प्रतिवेदन केही दिनअघि मात्रै सरकारलाई बुझाएको छ । -राजधानी दैनिकबाट
Share Tweet