Logo

अख्तियारका आयुक्त पाठकविरुद्ध महाअभियोग लगाउन हस्ताक्षर संकलन



काठमाडौं, ३ फागुन । नेकपाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकविरुद्ध महाअभियोग लगाउने निस्कर्षसहित हस्ताक्षर संकलन गर्ने भएको छ ।

पाठकले घुस लिएको स्वीकारेको भिडियो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित आयोगका प्रमुख आयुक्त नवीन घिमिरेले समेत पाएपछि उनीविरुद्ध महाअभियोग लगाउने निश्कर्षसहित तयारी थालिएको नेकपाका नेताहरुले बताएका छन् ।

आयुक्त पाठकले भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजको विवाद मिलाइदिने भन्दै घुस लिएको भिडियोका आधारमा उनलाई महाअभियोग लगाउने तयारी गरिएको हो ।



प्रतिक्रिया दिनुहोस्