Logo

श्रीपाली बस्न्यात समाज, नेपालद्वारा पत्रकार धमला सम्मानित



काठमाडौं, ५ फागुन । रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलालाई श्रीपाली बस्न्यात समाज, नेपालले आज सम्मान गरेको छ ।

आइतबार काठमाडौंमा राष्ट्र निर्माता स्व. श्री ५ बडामहाराजधिराज पृथ्वी नारायण शाहको नेपाल एकीकरण अभियानका मुख्य अभियन्ता प्रधानसेनापति बडावीर काजी श्री शिवराम सिंह बस्न्यातले विरत्व प्राप्त गरेको २७२ औं स्मृति वर्षको अवसरमा पत्रकारलाई धमलालाई सम्मान गरिएको हो ।

धमलालाई पशुपति विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकाल र श्रीपाली बस्न्यात समाज, नेपालका अध्यक्ष खगेन्द्र बस्न्यातले संयुक्त रुपमा सम्मान–पत्र प्रदान गरेका थिए ।

सम्मानपत्रमा भनिएको छ,‘पत्रकारिताको माध्यमबाट देश र जनताको लागि अहोरात्र खटिई नागरिकहरुलाई सुचना प्रवाह गरी अतुलनीय योगदान पुर्याउनु भएकोमा तपाई वरिष्ष्ठ पत्रकार एवम् रिपोर्टर्स क्लब नेपालका सभापति तथा प्राइम टाईम्स टेलिभिजनका अध्यक्ष श्री ऋषि धमलाज्यूलाई उच्च मुल्यांकन गर्दै यो सम्मान–पत्र प्रदान गरिएको छ ।’



प्रतिक्रिया दिनुहोस्