Logo

ओली सरकारले भ्रष्टचार, बेथिति र विसंगतिको जग बसालेको आरोप



काठमाडौं, ६ फागुन । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारले भ्रष्टचार, बेथिति र विसंगतिको जग बसालेको आरोप लगाएका छन् ।

आज तनहुँको व्यास नगरपालिका–११ को बेलटारीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै पौडेलले यस्तो बताएका हुन् । ओली सरकारले भ्रष्टाचार, बेथिति र विसंगतिको जग बसाएकाले मुलुक समृद्धिको बाटोमा अगाडि बढ्न नसक्ने दाबी गरे ।

पौडेलले काँग्रेस निष्ठाको राजनीति गर्ने पार्टी भएको भन्दै सबै नेता कार्यकर्ताहरु निष्ठावान बन्नुपर्नेमा जोड दिए । उनले काँग्रेसले महासमितिबाट पास भएको विधानले अवसर नपाएका कार्यकर्तामाथि न्याय गर्ने आश्वासन दिए ।



प्रतिक्रिया दिनुहोस्