Logo

७ हजार कर्मचारी समायोजन



काठमाडौं ७ फागुन । सरकारले सोमबारसम्म संघ, प्रदेश र स्थानीय तहमा गरी ७ हजार ३ सय ४१ जना निजामती कर्मचारीको समायोजन गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सहसचिव सुरेश अधिकारीका अनुसार ५७ सचिव, ६ सय ७६ सहसचिव, २ हजार ६ उपसचिवसहित ४ हजार ६ सय २ शाखा अधिकृतको समायोजन सकिएको हो ।

५७ सचिव सबैलाई संघमा समायोजन गरिएको छ । बाँकी स्वास्थ्य सेवाका कर्मचारीसहित लेखापाल, सहलेखापाल, नासु, खरिदारलगायतको समायोजन शुक्रबारसम्म सक्ने अधिकारीले बताए । कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्