काठमाडौं ७ फागुन । उपभोक्ताले बजारमा मूला प्रतिकिलो १५ रुपैयाँभन्दा बढीमा किनिरहेका छन् । तर, बिचौलिया व्यापारीले प्रतिकिलो तीन रुपैयाँमा पनि नलगेपछि बेनीघाट रोराङ, ५ विशालटारका किसानले तरकारी बारीमै नष्ट गरेका छन् ।
बजार मूल्यभन्दा अति कममा पनि बिक्री नभएपछि उनीहरुले बारीमा ट्रयाक्टरले जोतेर तरकारी नष्ट गरेका हुन् । महिनौँ मेहनत गरी उब्जाएको तरकारीबाट लगानी उठ्नु त परको कुरा उल्टो खर्च थपेर बिक्री गुर्नपर्ने अवस्था आएको किसानको गुनासो छ ।
अर्को सिजनको खेती गर्ने बेला भइसक्दा पनि तरकारी बिक्री नभएकाले काटेर बारीमा जोतिदिएको उनीहरुले बताएका छन् । ‘हजारौँ रुपैयाँ खर्च र महिनौ पसिना बगाएर गरेको खेती बिक्री गर्दा लगानी नउठ्ने अवस्था आयो,’ स्थानीय जुनामाया विसरालले भनिन्, ‘बेच्नका लागि ढु्वानी भाडासमेत आफैँ हाल्नुपर्ने भयो । बेचेर लगानी नउठ्ने भएपछि बरु अर्को सिजनको खेती गर्दा मल होस् भनेर ट्रयाक्टर लगाएर जोतियो । अन्नपूर्णपोष्टबाट