Logo

सर्वोच्चका न्यायाधीश जोशीले दिए राजीनामा



काठमाडौं ७ फागुन । सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले पदबाट राजीनामा दिएका छन् । राजीनामा नदिने अडानमा रहेका जोशीले अचानक राजीनामा दिएका हुन । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामार्फत मंगलबार राष्ट्रपति समक्ष राजीनामा दिएका हुन् । जोशीले आजकै मितिदेखि लागू हुने गरी राजीनामा दिएको सर्वोच्च स्रोतले जनाएको छ।

प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिसमा परेकाजोशीको शैक्षिक योग्यतामा प्रश्न उठेपछि संसदीय सुनुवाइ समितिले अस्वीकार गरेको थियो।



प्रतिक्रिया दिनुहोस्