वासिङ्टन,७ फागुन । संयुक्तराज्य अमेरिका र चीनबीच करवृद्धिको विवाद अन्त्य गर्नेगरी व्यापार वार्ता वासिङ्टनमा मङ्गलबारदेखि शुरु हुने ह्वाइट हाउसले घोषणा गरेको छ ।
बेइजिङमा यसअघि भएको वार्ता विना सहमति टुङ्गिएको थियो । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ता “अत्यन्त सकारात्मक” रुपमा अघि बढेको बताउँदै आगामी मार्च १ तारिखको समयसीमा बढाउन आफू तयार रहेको जानकारी गराउनुभएको थियो ।
मङ्गलबारदेखि हुने वार्तामा अमेरिकी टोलीको नेतृत्व व्यापार प्रतिनिधि रोबर्ट लाइटिजरले गर्नुभएको छ भने वार्तामा अर्थमन्त्री स्टिफेन मचिन, बाणिज्यमन्त्री विल्बर रोस, आर्थिक नीति सल्लाहकार ल्यारी कड्लो तथा व्यापार सल्लाहकार पिटर नाभारो सहभागी हुनुहुन्छ ।चीनको बाणिज्य मन्त्रालयले चिनीया पक्षको नेतृत्व उपप्रधानमन्त्री लिऊ हे ले गर्नुभएको छ ।
गत शुक्रबार राष्ट्रपति ट्रम्पले वार्तामा सकारात्मक नतिजा आउने सम्भावना देखिए २०० अर्ब अमेरिकी डलर बराबरका चिनीया सामानमा तत्कालै २५ प्रतिशत करवृद्धि नगरिने दोहो¥याउनु भएको छ ।
अमेरिकी प्रविधि चोरी भएको, चिनीया बजार पश्चिमा मुलुकका लागि पर्याप्त रुपमा खुला नभएको तथा चीनले अमेरिकी रोजगार खोस्न चिनीया कम्पनीलाई बढी छुट र अनुदान दिएको अमेरिकाले आरोप लगाउँदै आएको छ ।विश्व अर्थतन्त्रमा पहिलो र दोस्रो स्थानमा रहेका अमेरिका र चीनबीचको व्यापार युद्धले विश्व आर्थिक वृद्धि र बजारमा ठूलै हलचल ल्याएको छ ।एजेन्सी