त्रिपोली,८ फागुन । इजिप्टको राजधानी कायरोमा सोमबार भएको बम विस्फोटको लिबियाका विदेशमन्त्रीले मङ्गलबार निन्दा गर्नु भएको छ ।यस आक्रमणमा परी तीन व्यक्तिको मृत्यु हुनुको साथै अन्य कैयौँ व्यक्ति घाइते भएका जनाइएको छ । इजिप्टको अल दार्ब अल जिल्लामा भएको यस आतङ्ककारी आक्रमणको इजिप्टको विदेश मन्त्रालयले पुष्टि गरेको जानकारी दिइएको छ ।
मङ्गलबार अबेर राति लिबियाली विदेश मन्त्रालयले विज्ञप्ति प्रकाशन गरी सो जानकारी गराएको छ । लिबियाको विदेश मन्त्रालयले सो विज्ञप्तिमार्फत आतंककारी क्रियाकलापका विरुद्ध इजिप्ट सरकारसँग ऐक्यवद्धता जनाएको छ । सो विज्ञप्तिमा लिबिया सबै खाले आतंकवादी क्रियाकलापको विरोध गर्दछ भन्दै यस्ता हिंसात्मक कार्यमा संलग्नमाथि कारबाही हुनुपर्नेमा जोड दिएको छ । एजेन्सी