काठमाडौँ,८ फागुन । भोलिदेखि ‘लालाबाला’को दोश्रो ब्याज मंचमा जाने तयारीमा रहेको छ । गत बर्ष पहिलो ब्याजले ‘हिरोज डोन्ट कम’ कुन्ज थिएटरमा मंचन गरेको थियो ।
पहिलो मंचनमा नै राम्रो सफलता पाएपछि सोही नाटक युरोपको पोल्यान्डमा पनि मंचन गरिएको थियो । हिरोज डोन्ट कमका निर्देशक प्रकेश सिन्धुलीय रहेका छन।
अब दोस्रो ब्याचको रुपमा ‘आई वान्टु वि श्रवण कुमार’ र ‘कालु र बाघ नाटक भोलि देखि शिल्पी थिएटरमा मंचन हुँन गैरहेको जनाइएको छ ।हिरोज डोन्ट कमका निर्देशक प्रकेश सिन्धुलीयको निर्देशनमा ‘आई वान्टु वि श्रवण कुमार’ निदेशन भएको छ भने ‘कालू र बाघ’ प्रलाद खरेलले निर्देशन गरेका छन् ।
नाटक ९ र १० गते शिल्पी थिएटरमा दिउँसो १ बजे र ११ गते बेलुका ४ बजे मंचन हुने जनाईएको छ । पहिलो ब्याज युरोपको पोल्यान्डमा मञ्चन गरिएको थियो भने दोश्रो ब्याज शिल्पी थिएटरमा मंचन पश्चात् युरोपकै बेलारुस जाने तयारीमा रहेको बताईएको छ । लालाबालाका आयोजक टंक चौलागाईं रहेका छन ।