काठमाडौं ९ फागुन । त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायका सहायक डीन बौवालाल साहलाई त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को बुधबार बसेको आकस्मिक बैठकले निलम्बन गरेको छ ।
यौन दुर्व्यवहारको आरोपमा प्रहरी नियन्त्रणमा रहेका साहले विश्वविद्यालयको मान, प्रतिष्ठा र गरिमा घटाउने अत्यन्त अनुशासनहीन तथा निन्दनीय कार्य गरेको भन्दै विश्वविद्यालयको कुनै पनि कामकाज गर्न/नपाउने गरी सहायक डीन पदबाट निलम्बन गरिएको हो ।
…..
त्रिभुवन विश्वविद्यालयका शिक्षाशास्त्र संकायका सहायक डिन बौबालाल साहलाई सत्ता पक्षका विद्यार्थी संगठनहरुले कालोमोसो दलेका छन् । एक जना छात्रालाई यौन दुर्व्यवहार गरेको भन्दै अखिल क्रान्तिकारी र अनेरास्वीयुका कार्यकर्ताहरूले सहायक डिन साहलाई बुधवार कालोमोसो दलेका हुन् ।
बुधवार शैक्षिक प्रमाणपत्रका लागि त्रिभुवन विश्वविद्यालयमा आइरहेको बेला सहायक डिन साहले ती छात्रालाई यौन दुर्व्यवहार गरेकाआरोप छ। बर्दिया घर भएकी ती छात्राले शिक्षाशास्त्र संकायको डिन कार्यालयमा साह विरुद्ध उजुरी दिएकी छन्।
उजुरीमा जबरजस्ती गर्ने उद्देश्यले संवेदनशील अङ्ग छोएको उल्लेख छ। पीडितलाई किर्तिपुरको नेपाल बैंकबाट परीक्षा नियन्त्रक कार्यालय जाने बाटोमा सहायक डिन साहले दुर्व्यवहार गरेको उजुरीमा उल्लेख छ। कान्तिपुरबाट