काठमाडौं १० फागुन । सामान्य प्रशासन मन्त्रालयले विभिन्न जिल्लाका ९८ स्थानीय तहको नाम र केन्द्र परिवर्तन गरेको छ । प्रदेश १ का २०, प्रदेश २ का ६, प्रदेश ३ का १६, गण्डकी प्रदेशका १९, प्रदेश ५ का १३, कर्णाली प्रदेशका १२ र सुदूरपश्चिम प्रदेशका १२ स्थानीय तहको नाम र केन्द्र परिवर्तन गरिएको हो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम सम्बन्धित गाउँ, नगरसभा र प्रदेशमार्फत सिफारिस भएबमोजिम स्थानीय तहका नाम र केन्द्र परिवर्तन गरिएको मन्त्रालयले जनाएको छ ।
ताप्लेजुङको याङवरक गाउँपालिकाको नाम पाथीभरा याङवरक राखिएको छ भने मिक्वाखोला गाउँपालिकाको केन्द्र साँवा गाउँबाट थलङमा सारिएको छ। पाँचथरको मिक्वाखोला गाउँपालिकाको केन्द्र मेमेङबाट वडा ३ को थोक्लिम्बामा, इलामको सन्दकपुर गाउँपालिकाको केन्द्र माईपोखरीबाट वडा ३ को माबुमोड देउरालीमा, इलामकै रोङ गाउँपालिकाको केन्द्र कोल्बुङबाट पहरीगाउँमा तथा झापाको हल्दीबारी गाउँपालिकाको केन्द्र जलथलबाट धनुषपोखरीमा कायम गरिएको छ। सुनसरीको भोक्राहा गाउँपालिकाको नाम परिवर्तन गरी भोक्राहा नरसिंह राखिएको छ भने केन्द्र चिरौली चोकमा सारिएको छ।
सुनसरीकै हरिनगरा गाउँपालिकाको नाम हरिनगर र बराह नगरपालिकाको नाम बराहक्षेत्र तथा धनकुटाको खाल्सा छिन्ताङ सहिदभूमि गाउँपालिकाको नाम सहिदभूमि बनाइएको छ। धनकुटाकै छथर गाउँपालिकाको केन्द्र तांखुवाबाट जोरपाटीमा सारिएको छ। भोजपुरको टयाम्केमैयुम गाउँपालिकाको नाम टेम्केमैयुङ बनाइएको छ। सोलुखुम्बुको दूधकौशिका गाउँपालिकाको नाम थुलुङ दूधकोसी राखिएको छ भने दूधकोसी गाउँपालिकाको नाम माप्य दूधकोसी र केन्द्र बासाबाट माझगाउँखोलामा कायम गरिएको छ।
खोटाङको लामिडाँडा गाउँपालिकाको नाम रावा बेसी र केन्द्र खार्पाबाट कुभिन्डेको हरमटार, साकेला गाउँपालिकाको केन्द्र मात्तिमबाट मानेभन्ज्याङ, बराहपोखरी गाउँपालिकाको केन्द्र साउनेचउरबाट बाघखोर भन्ज्याङ, रूपाकोट मझुवागढीको नाम दिक्तेल रूपाकोट मझुवागढी तथा दिप्रुङ गाउँपालिकाको नाम दिप्रुङ चुइचुम्मा कायम गरिएको छ। उदयपुरको सुनकोसी गाउँपालिकाको नाम परिवर्तन गरी लिम्चुङबुङ बनाइएको छ।
त्यसैगरी सप्तरीको अग्निसाइर कृष्णासरवन गाउँपालिकाको केन्द्र सीतापुरबाट सीतापुर कोलोनीको सडक कार्यालय भवन, बेल्ही चपेना गाउँपालिकाको नाम राजगढ र केन्द्र बेल्ही चपेनाबाट नर्घो कायम गरिएको छ। धनुषाको जनकपुर उपमहानगरपालिकाको नाम जनकपुरधाम बनाइएको छ। पर्साको कालिकामाई गाउँपालिकाको केन्द्र मुडलीबाट हरिहरपुर बिर्ता, विन्दवासिनी गाउँपालिकाको केन्द्र बहुअर्वाभाठ्ठाबाट प्रसौनीभाठ्ठा र ठोरी गाउँपालिकाको केन्द्र सुवर्णपुरबाट घ्याङडाँडामा सारिएको छ। कान्तिपुरबाट