काठमाडौं १० फागुन । भारतबाट ल्याइएका इलेक्ट्रोनिक बसलाई चीनबाट ल्याएको प्रमाणित गर्न नमान्दा सचिव कृष्णप्रसाद देवकोटाले आफू संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट सरुवामा परेको दावी गरेका छन् ।
गत वर्ष मन्त्रालयमा सरुवा भएर आएका देवकोटालाई अहिले युवा तथा खेलकुद मन्त्रालयमा पठाइएको हो । मन्त्रालयमा बुधबार बिदाइ कार्यक्रममा देवकोटाले इलेक्ट्रिक बसको दबाब नमान्दा सरुवामा परेको पर्यटनमन्त्री रबीन्द्र अधिकारी कै सामुन्ने बताएका हुन् । कसले दबाब दिएको भन्ने उनले खुलाएनन् ।
सरकारले २ करोडमा खरिद गरेका बीवाईडी इलेक्ट्रिक बसलाई चीनबाट आयात गरिएको प्रमाणित नगरिदिएका कारण आफू सरुवामा परेको उनको भनाइ थियो । –कान्तिपुर दैनिकबाट