Logo

राष्ट्रपतिसँग भेट



काठमाडौँ, १० फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीसँग संयुक्त अधिराज्यका रक्षा राज्यमन्त्री मार्क ल्याङ्केष्टरले आज अपराह्न राष्ट्रपति कार्यालय शीतल निवासमा शिष्टाचार भेट गर्नुभएको छ ।

त्यस अवसरमा उहाँहरुबीच दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । भेटमा नेपाल तथा बेलायत सरकारका उच्च अधिकारीको उपस्थिति थियो ।



प्रतिक्रिया दिनुहोस्