काठमाडौं ११ फागन । बलिउड अभिनेता शाहरुख खानलाई एउटा विश्वविद्यालयले मानार्थ डिग्री दिने तयारी गरेकोमा सरकारको मानव संशाधन मन्त्रालयले आपत्ति जनाउँदै इन्कार गरेको छ ।
दिल्लीस्थित जामिया मिलिया इस्लामियाले खानलाई मानार्थ डिग्री दिने भन्दै भारत सरकारको मानव संशाधन मन्त्रालयमा प्रस्ताव राखेको थियो ।
तर मन्त्रालयले उक्त प्रस्ताव अस्वीकार गरिदिएको हो । शाहरुखलाई यसअघि नै यस्तो उपाधि अर्को विश्वविद्यालयले दिइसकेकाले नयाँ प्रस्ताव सरकारले अस्वीकार गरेको जनाएको छ ।
खान उक्त विश्वविद्यालयका पूर्वविद्यार्थी समेत रहेकाले उनलाई यस्तो उपाधि दिन खोजेकोमा सरकारले अस्वीकार गरेपछि विश्वविद्यालयले केही प्रतिक्रिया दिएको छैन । खानले यस विश्वविद्यालयमा मास कम्युनिकेशनमा भर्ना गरे पनि नियमित कक्षा नलिनुका साथै परीक्षा दिन समेत पाएका थिएनन् ।