Logo

अहिलेको युग समृद्धिको युग हो : पूर्व अर्थमन्त्री महत



काठमाडौं, ११ फागुन । नेपाली काङ्ग्रेसका नेता एवं पूर्वअर्थमन्त्री डा रामशरण महतले अहिलेको युग भनेको आर्थिक सम्मुन्नति र समृद्धि युग भएको बताएका छन् । उनले भने,‘अहिलेको मूल ऐजेण्डा नै आर्थिक समृद्धि हो, जलस्रोत, कृषि र पर्यटनको माध्यमबाट मुलुक विकासको प्रशस्त सम्भावना छ, त्यसका लागि शान्ति सुरक्षा, काम गर्ने वातावरण, प्रविधिको प्रयोग र उद्यमशीलता आवश्यक छ ।”

राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा चन्द्रमणि अधिकारीले हाम्रा उत्पादनलाई स्थानीय र अन्तर्रा्ष्ट्रियकरण गर्न नसक्दा मुलुकले आर्थिक प्रगति हासिल गर्न नसकेको धारणा व्यक्त गरे । अर्थविद नारायण तिवारीले सरकार र व्यवसायीबीच देखिएको अविश्वास हटाएर मुलुकको समृद्धिका लागि एकाकार भएरै अघि बढ्दा देश र दुनियाँको भलो हुने विश्वास दिलाए ।

नेपाल राष्ट्रिय व्यवसायी महासङ्घका अध्यक्ष नरेश कटुवालले साना उद्योगी व्यवसायीलाई प्रोत्साहन गर्ने कुरामा सरकारबाट आवश्यक सहयोग नभएको गुनासो गर्दै सातै प्रदेशमा औद्योगिक करिडोर स्थापना गर्न महासङ्घले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे

सो अवसरमा उपाध्यक्ष कुमार कार्की र महासचिव टेकबहादुर शाक्यले संस्थाको वार्षिक प्रतिवेदन र उद्योग व्यवसाय क्षेत्रमा देखिएका समस्या र निराकरणका लागि चाल्नुपर्ने उपायका बारेमा धारणा व्यक्त गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्