Logo

बालुवाटार पुगेरै धमलाले गरे प्रधानमन्त्री ओलीलाई ‘बर्थडे–विस’



काठमाडौं, ११ फागुन । रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ६८ औं जन्मोत्सवको अवसरमा शुभकामना दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर पत्रकार धमलाले जन्मदिनको शुभकामना दिएका हुन् । धमलाले प्रधानमन्त्री ओलीलाई ‘ह्याप्पी बर्थडे, प्रधानमन्त्रीज्यु, राम्रो काम गनुहोस’ भन्दै शुभकामना दिएका थिए ।

धमलाकाअनुसार प्रधानमन्त्री ओलीले पनि देश र जनताको लागि आफूले काम गर्ने विश्वास दिलाएका थिए । ओलीको भनाई उद्धृत गर्दै धमलाले भने,‘ऋषिजी तपाईको शुभकामना लागोस, तपाईले भनेजस्तै जनताको मन जितेर काम गर्छु ।’

प्रधानमन्त्री ओलीले जन्मदिनको अवसरमा आज बालुवाटारमा आँपको विरुवा रोपेका थिए । बालुवाटारमा परिसरमा प्रधानमन्त्री ओलीले स्थानीय नसर्रीबाट ल्याएको विरुवा रोपेका हुन् ।

यसैगरी प्रधानमन्त्री पत्नी राधिका शाक्यले अम्बाको विरुवा रोपेकी छिन् । जन्मदिनको अवसरमा प्रधानमन्त्री ओलीले केक काटेर पत्नी राधिका र बुबा मोहनप्रसाद ओलीलाई खुवाएका थिए ।



प्रतिक्रिया दिनुहोस्