काठमाडौं, १२ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुबीच नागरिकता विद्येयकबारे छलफल भैरहेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित संसदको राज्य व्यवस्था समितिमा रहेका नेकपाका सांसदहरुको पनि उपस्थिति रहेको छ । पछिल्लो समय नागरिक विद्येयकको बारेमा बाहिर विभिन्न टिकाटिप्पणी भैरहेको छ ।