Logo

संसदीय सुनुवाई समितिको बैठक किन स्थगित भयो ?



काठमाडौं, १२ फागुन । संसदीय सुनुवाई समितिको बैठक गणपुरक संख्या नपुगेपछि स्थगित भएको छ । मधेसी र थारु आयोगका प्रस्तावित अध्यक्षको सुनुवाइ गर्न भन्दै आज बस्ने भनिएको बैठक स्थगित भएको हो ।

संवैधानिक परिषद्ले मधेशी आयोगमा विजयकुमार दत्त र थारु आयोगमा विष्णुप्रसाद चौधरीको नाम प्रस्ताव गरेको थियो । यसअघिको बैठकमा सुनुवाई भएका राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा प्रस्तावित बालनन्द पौडेल र राष्ट्रिय समावेशी आयोगमा प्रस्तावित शान्तराज सुवेदीको विषयमा पनि आजको बैठकले अनुमोदन गर्ने तयारी गरेको थियो । तर बैठक नै स्थगित भएपछि त्यो विषयमा पनि आज निर्णय हुन सकेन ।



प्रतिक्रिया दिनुहोस्