Logo

विद्युत तार भूमिगत बनाउन कम्पनी छनोट



काठमाडौं १३ फागुन । भारतीय कम्पनी केईआई इन्डस्ट्रिज लिमिटेडले काठमाडौंको तार भूमिगत गर्ने जिम्मेवारी पाउने भएको छ ।

नेपाल विद्युत प्राधिकरणले महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्रअन्तर्गतको विद्युत तार भूमिगत गर्न भारतीय कम्पनीलाई छनोट गरेको हो । तार भूमिगत गर्नबाहेक केईआईले यो क्षेत्रको वितरण प्रणालीलाई स्वचालित बनाउने जिम्मा पनि पाउनेछ ।

पहिलो चरणमा काठमाडौंको बागबजार, असन, दरबारमार्ग लगायत रत्नपार्क वितरण केन्द्रले समेटेका क्षेत्रमा तार भूमिगत र वितरण प्रणाली स्वचालित बनाउने योजना छ । पहिलो चरणमा यी बाहेक बालुवाटार, गोंगबु, सामाखुसीलगायत महाराजगञ्ज वितरण केन्द्रअन्तर्गत पर्ने स्थानमा पनि काम हुन्छ । –कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot