Logo

भारतले भन्यो :’फेरि आक्रमण हुने सूचना आएकाले पाकिस्तानमा बम हान्यौं’



नयाँ दिल्ली, १४ फागुन : भारतले पाकिस्तानको आतंककारी समूह जैस-ए-मोहम्मद फेरि भारतका विभिन्न ठाउँमा आक्रमण गर्ने सूचना आएकाले मंगलबार बिहान पाकिस्तानी भूमिमा बम खसालिएको बताएको छ।

मंगलबार बिहान नयाँ दिल्लीमा पत्रकार सम्मेलन भारतीय विदेश सचिव विजय गोखले फेब्रुअरी १४ को पुलवामा आक्रमणपछि जैस ए मोहम्मदले फेरि आक्रमण गर्ने योजना बनाएकाले सूचना आएकाले उसका अखडामा आक्रमण गर्नु आवश्यक भएको बताए।

‘आज बिहान भारतीय वायु सेनाका जहाजले बालाकोटमा आक्रमण गरे। यो दुई दशकदेखि पाकिस्तानमा सक्रिय जैस ए मोहम्मदको सबैभन्दा ठूलो तालिम केन्द्रमा बम खसालिएको हो,’ गोखलेले भने, ‘आक्रमणमा जैस ए मोहम्मदका कमाण्डरसहित कैंयौं सदस्य मारिएका छन्। तर यसमा कोही पनि आमनागरिक परेका छैनन् किनकी यो तालिम केन्द्र बाक्लो जंगलबीच थियो।’

उनले पाकिस्तान सरकारको जानकारीबिना जैस ए मोहम्मदले आफ्ना गतिविधि गर्न नसक्ने तर्क गर्दै पाकिस्तानले भारतविरूद्ध आफ्नो भूमि प्रयोग हुन नदिने प्रतिवद्धता पालना नगरेकाले यो आक्रमण गर्नु पर्को बताए।

यसअघि भारतीय एयरफोर्सका जहाजले मंगलबार बिहान उज्यालो नहुँदै पाकिस्तान भूमिमा १ हजार किलोग्रामको बम खसालेका थिए।

एजेन्जीको सहयोगमा 



प्रतिक्रिया दिनुहोस्