Logo

काँग्रेस केन्द्रीय कार्य समिति बैठक स्थगित



काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस केन्द्रीय कार्य समितिको बैठक स्थगित भएको छ। निर्वाचन समिति र अनुशासन समिति गठनका लागि मंगलबार पार्टी केन्द्रीय कार्यालय, सानेपामा बोलाइएको पार्टी केन्द्रीय कार्य समिति बैठक स्थगित गरिएको हो।

दुवै समिति गठनमा अधिकतम सहमति जुटाउन थप समय आवश्यक रहेकाले मंगलबार बोलाइएको पार्टी केन्द्रीय कार्य समितिको बैठक स्थगित गरिएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।



प्रतिक्रिया दिनुहोस्