Logo

“असारमा कालोपत्रे गरेर बजेट सक्ने परिपाटी अब परिवर्तन हुनेछ”



काठमाडौं, १५ फागुन। भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले असारमा कालोपत्रे गरेर बजेट सक्ने पूरानो परिपाटी अब परिवर्तन हुने स्पष्ट पारेका छन् । उनले मातहतका निकायलाई असारे विकास नगर्न निर्देशन समेत दिएका छन् ।

बुधबार संघीय संसदको विकास तथा प्रविधि समिति बैठकमा मन्त्री महासेठले यस्तो निर्देशन दिएका हुन् । “असारमा कालोपत्रे गरेर भएको बजेट सक्ने पुरानो परिपाटी अब परिवर्तन हुनेछ,” मन्त्री महासेठले भने, “मातहतका निकायले अब क्वालिटी र क्वान्टिटी चेक गरेरमात्र विकास कार्य अघि बढाउनुस् ।”

मन्त्री महासेठले हाल सडक मर्मत, सम्भारको जिम्मा स्थानीय, प्रदेश र केन्द्र तहलाई गए पनि नेपाल सरकारको लगानी भएका सम्पूर्ण सडक मर्मतको जिम्मेवारीबाट मन्त्रालय पछि नहट्ने पनि बताए ।



प्रतिक्रिया दिनुहोस्