Logo

भोलिदेखि हुने अन्तर्राष्ट्रिय वैदिक विज्ञान तथा आधुनिक विज्ञान महासम्मेलनको तयारी पूरा (भिडियोसहित)



काठमाडौं, १६ फागुन । नेपाल महर्षि वैदिक फाउण्डेशनको आयोजनामा भोलि फागुन १७ गतेदेखि फागुन २९ गतेसम्म काठमाडौंमा हुने अन्तर्राष्ट्रिय वैदिक विज्ञान तथा आधुनिक विज्ञान महासम्मेलनको तयारी पूरा भएको छ ।

बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै फाउण्डेशनले महासम्मेलनको तयारी पूरा भएको जानकारी गराएको हो । फाउण्डेशनका अध्यक्ष दीपकप्रकाश बाँस्कोटाले उक्त महासम्मेलन राष्ट्रपति विद्यादेवी भण्डारीले उद्धघाट्न गर्ने जानकारी दिए ।

उनकाअनुसार महासेम्मलन काठमाडौंको प्रज्ञा भवनमा हुने भएको छ । उक्त महासम्मेलनको समापन भने अन्तरिम मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले गर्ने आयोजक संस्थाले जनाएको छ ।

पूर्व गृहराज्यमन्त्रीसमेत रहेका अध्यक्ष बाँस्कोटाले यो विद्यामा लागेर धेरै देशहरुले प्रगति गरिसकेको सुनाए । उनले भने,‘म त राजनीतिलाई बुझेर वैदिक संगठनमा लागेको हुँ । देशमा दिगो शान्ति र प्रगतिको लागि यो महासम्मेलन फलदायी हुनेछ।’ बाँस्कोटाले वैदिक विज्ञान पनि ‘वायरलेश–नेटवर्क’ भएको तर्क गरे ।

पत्रकार सम्मेलनमा बोल्दै महासम्मेलन आयोजनाका अन्तर्राष्ट्रिय निर्देशक डा. किङ्स्ले ब्रुक्सले महासम्मेलनमा प्रमुख वक्ताको रुपमा सहभागी हुनेहरुले महर्षि वैदिक दर्शनको बारेमा गहिरो अध्ययन गरेको जानकारी गराए ।

उनले भने,‘वेदले हाम्रो जीवनमा के महत्व राखेको छ भन्ने कुरा यो महासम्मेलनबाट झन प्रकाश हुनेछ ।’ आयुर्वेदको पूरानो शैलीलाई पूर्नविचार गर्नुपर्नेमा पनि उनले जोड दिए ।

उक्त महासम्मेलनले आफ्नो क्षमतालाई वैदिक ध्यानको माध्यमबाट पूनरुत्थान गर्न सहयोग पुर्याउने पनि उनको विश्वास थियो । उनले भने,‘अहिलेको शैक्षिक प्रणालीलाई परिवर्तनको ल्याउनको लागि पनि यो महासम्मेलन फलदायी हुनेछ।’ उनका अनुसार यो महासम्मेलनलाई जापानका पूर्व प्रधानमन्त्री योकिओ हातोयामा, पि.एच.डी.ले पनि भिडियो कन्फेरेन्समार्फत सहभागिता जनाउनेछन् ।

नेपाल महर्षि वैदिक फाउण्डेशन
नेपाल महर्षि वैदिक फाउण्डेशनद्वारा आयोजित

अन्तर्रा्ष्ट्रिय वैदिक विज्ञान तथा आधुनिक विज्ञान महासम्मेलन २०७५ फाल्गुन १७–१९ विषयक

प्रेस विज्ञप्ति

सम्पूर्ण सञ्चारकर्मी मित्रहरू !

(क) सदा स्वतन्त्र नेपालको मौलिक परम्परामा आजको वैज्ञानिक युगका अगुवा वैज्ञानिकहरू, भारतीय र नेपाली वैदिक विज्ञहरू तथा साधकहरूबीच वैदिक विज्ञान तथा आधुनिक विज्ञान विषयक ३ दिने महासम्मेलन २०७५ फाल्गुन १७(१९ को आयोजना हुँदै छ । सम्माननीय राष्ट्रपति विद्या देवी भण्डारीज्यूबाट २०७५ फाल्गुन १७ गते ११ बजे नेपाल प्रज्ञा प्रतिष्ठानको सभा हलमा समुद्घाटन हुने पूर्ण तयारी गरिएको छ साथसाथै यस प्रेस–विज्ञप्तिमा तल उल्लेखित आधुनिक वैज्ञानिकहरू एवम् वैदिक विज्ञहरूबाट कार्यपत्र प्रस्तुति, त्यसमाथि जिज्ञासा तथा विचारविमर्शसहित ३ दिनसम्म यो महासम्मेलन चालू रहनेछ । यसबाहेक नेपाल बसाइमा रहनुभएका सम्बन्धित यी विद्वानहरू सहभागी गराई चरणबद्ध रूपमा नेपालका विषय(विशेषज्ञबीच सम्वादसमेत गराइने कार्यक्रम रहेको छ ।

(ख) यस महासम्मेलनको उद्देश्य :

यस अन्तर्रा्ष्ट्रिय महासम्मेलनले वैदिक विज्ञानका प्रमुख सिद्धान्तहरूभित्र रहेका आधुनिक विज्ञानको अनुसन्धानले समेत प्रमाणित गरेका वैज्ञानिक मूल्यहरूलाई समीक्षात्मक विचारविमर्श गर्नेछ । खासगरि वैदिक विज्ञान, वैदिक ज्ञान तथा परम्परागत मूल्यमा नै प्राकृतिक जीवन विज्ञानको महत्व रहेको विषय प्रकाश पार्न यो महासम्मेलन केन्द्रित हुनेछ । वि.सं. २०३१ मा नै आधुनिक मनीषी महर्षि महेश योगीज्यूले काठमाडौंको खुल्लामञ्चमा पच्चीसौं हजार जनसमुदायबीच व्यक्त गर्नुभएको ‘नेपाल टु लिड द वल्र्ड’ अर्थात् वैदिक विज्ञानका आधारमा नेपालले विश्वको नेतृत्व गर्न सक्दछ भन्ने महान् आदर्श वाक्यलाई झनै आत्मसात गर्नेछ ।

(ग) आयोजक संस्था नेपाल महर्षि वैदिक फाउण्डेशनको संक्षिप्त परिचय :

नेपाल महर्षि वैदिक फाउण्डेशन गैरनाफामूलक सामाजिक संस्था हो । यस संस्थाले विगत एक दशकदेखि वैदिक ज्ञान र आधुनिक विज्ञान एक सिक्काका दुई पाटा हुन् र यसले नेपाली समाजलाई कसरी रुपान्तरण गर्न सकिन्छ जसले गर्दा हाम्रो मौलिकता पनि कायम रहोस् तथा आधुनिक विज्ञानका विषयलाई पनि बुझ्न, बुझाउन मद्दत गरोस् भनेर निरन्तर काम गरिरहेको छ । सोही अनुरुप यस फाउण्डेशनले भावातीत् ध्यान, राष्ट्र शान्ति तथा विश्व शान्तिका निम्ति निरन्तर वैदिक यज्ञ, वैदिक कृषि, वैदिक स्वास्थ्य, वैदिक वास्तुकला, चेतनामा आधारित शिक्षा, वैदिक प्रशासन लगायतका १२ वटा विधामा काम गर्दै आएको छ।

(घ) अन्तराष्ट्रिय कार्यपत्र प्रस्तोताहरूः

१. डा. वेभेन मोरिस, पूर्व कूलपति, महर्षि युनिभर्सिटी अफ म्यानेजमेन्ट,
–महर्षि युनिभर्सिटी अफ म्यानेजमेन्ट–अमेरिकाको मुटुमा आधुनिक वैदिक जीवनको नमूना

२. डा. योकियो हातोयामा, पूर्व प्रधानमन्त्री, जापान सरकार

३. डा. जोन हेगलिन, क्वान्टम फिजिसिष्ट, कूलपति, महर्षि युनिभर्सिटी अफ म्यानेजमेन्ट, –वैदिक ज्ञानको वैज्ञानिक पुनर्उत्थान– हाम्रो नयाँ युगका लागि पुनर्जागरण

४. डा. नील प्याटरसन, महर्षि वैदिक विज्ञान विज्ञ, आदर्श समाज निर्माणका लागि वैदिक प्रशासन

५. डा. जोस लुईस अल्भारेज, महर्षि वैदिक विज्ञान विज्ञ, –विश्व चेतनाको सहसम्बद्धता तथा सामन्जस्यताका लागि वैदिक पण्डित कार्यक्रम

६. डा. क्रिष्टोफर क्रोवेल, महर्षि धर्म तथा संस्कृति विज्ञ, –वसुधैव कुटुम्बकम् – यो संसार नै हाम्रो परिवार हो भन्ने वैदिक आदर्शको प्राप्ति

७. डा. जोन फेगन, मलिक्युलर वायोलोजिष्ट, महर्षि वैदिक विज्ञान विज्ञ, – स्नायु प्रणालीलाई एकीकृत तथा सन्तुलित बनाउनका लागि भावातीत ध्यानद्वारा जीनमा परिमार्जन

८. डा.आइकी हर्टम्यान, महर्षि वास्तु विज्ञ, – वैदिक वास्तुकला तथा वास्तु सहर योजनाका फाइदाहरू

९. डा. जोन कानहाउस, वैदिक विज्ञान विज्ञ तथा वैदिक अर्गा्निक कृषि विज्ञ

१०. श्री लोथार प्रिक, महर्षि आयूर्वेद विज्ञ,

११. डा. गिरिस मोमाया, निर्देशक महर्षि युरोपिएन विश्वविद्यालय

१२. डा. किङ्गस्ले तथा लेस्ली ब्रुक्स, अन्तर्रा्ष्ट्रिय निर्देशक, नेपाल महर्षि वैदिक फाउण्डेशन

(ङ) राष्ट्रिय कार्यपत्र प्रस्तोताहरूः

१. प्रा. डा. ऋषिराम पोख्रेल, वैदिक विज्ञ
– आजको युगमा वेदको उपयोगिता

२. श्री तिलक प्रसाद लुइटेल, वैदिक विज्ञ
– वर्तमान समयमा वैदिक शिक्षाको उपादेयता

३. प्रा. डा. जगमान गुरुङ, पुरातत्वविद्
– अध्यात्ममय नेपाल

४. प्रा. डा. विद्यानाथ कोइराला, शिक्षाविद्
– गुरुकुलीय शिक्षाबाट मूलधारले के सिक्ने ?

५. विदुषि कान्ता भट्टराई, सामाजिक अभियन्ता
–संस्कृत वाङ्मयमा अन्तर्नि्हित संस्कृति

६. प्रा. डा. कृष्ण चन्द्र शर्मा, प्राध्यापक त्रिभुवन विश्वविद्यालय
– पूर्वीय वैदिक मूल्यको पश्चिमी समाजमा परेको प्रभाव

दीपकप्रकाश बाँस्कोटा
अध्यक्ष
९८५१०१३०२२



प्रतिक्रिया दिनुहोस्