Logo

निर्मलाको घरमा देउवा, न्याय दिलाउने विश्वास



कञ्चनपुर, १७ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको घरमा पुगेका छन् ।

गत साउनमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मलाको परिवारलाई भेट्न देउवा शुक्रबार बिहान उनको घर पुगेका हुन् । उनले निर्मलाका लागि न्याय दिलाउन आफू र आफ्नो पार्टीका तर्फबाट निरन्तर खबरदारी गर्ने पनि बताए ।

निर्मलाकी आमा दुर्गादेवीलाई सान्त्वना दिँदै उनले निर्मलाका लागि न्यायको लडाई लोकतन्त्रमा विश्वास गर्ने सबैको दायित्व भएको बताए ।



प्रतिक्रिया दिनुहोस्